पोखरामा एनबी अञ्जानको एकल साँझ

पोखरा । अनेसास पोर्चुगल च्याप्टरका महासचिव कवि तथा गलजकार एनबी अञ्जानको एकल साँझमा पोखरेली रमेका छन् । भूपी जयन्तीको अवसरमा गणेशबाबु अधिकारीको रेचा उपन्यास परिचर्चा र शुलभ घिमिरेको गजल गायनसहित भएको एकल गजल गुञ्जनमा उनले रोज्जा रचना सुनाए ।
कार्यक्रमको चाँजोपाँजो भने अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) गण्डकी समितिले मिलाएको हो । कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वरिष्ठ साहित्यकार सरुभक्तले पछिल्लो पुस्ताका प्रतिभाको प्रस्तुतिबाट ग्रहणयोग्य धेरै कुरा सिक्नुपर्ने बताए ।
गायिका हरिदेवी कोइरालाले संस्कृति र प्रकृतिको राजधानी पोखरामा साहित्य, कला र संगीतको श्रीवृद्धिमा यस्ता कार्यक्रमको महत्वपूर्ण भूमिका रहने धारणा राखिन् । कार्यक्रममा अनेसास केन्द्रीय सल्लाहकार सुमलकुमार गुरुङ, पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्मराज ढकाल, सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठानका अध्यक्ष सुरज पौडेल, उपन्यासकार गणेशबाबु अधिकारी र असफल गौतम, अनेसास गण्डकी उपाध्यक्ष दुर्गा न्यौपाने र गजलकार बाबु त्रिपाठीले बोलको थिए । कार्यक्रमको अध्यक्षता देवेन्द्र केसीले गरेका थिए ।








पोखरामा पल्सर स्पोर्ट्स अवार्डको तयारी पूरा : पहिलोपटक उपत्यकाबाहिर हुँदै, विश्वकप ट्रफी प्रदर्शन
काठमाडौं महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाले पाए भ्रष्टाचार मुद्दामा सफाइ
नाटक ‘मृत्यु यस्तो हुनुहुँदैन’ मञ्चनको तयारी
रामकोटमा पोखरा मिडटाउनको शिविर
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया