व्यावहारिक शिक्षा जरुरीः मन्त्री थापा

पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुुद मन्त्री विन्दुुकुमार थापाले व्यवहारिक र जीवनउपयोगी शिक्षा अहिलेको आवश्यकता रहेको बताएका छन् । कास्कीको मादी गाउँपालिका वडा नं. ४ स्थित ध्रुुव माध्यमिक विद्यालयको ६९ औं वार्षिकोत्सव, अभिभावक दिवस एवं पुरस्कार वितरण कार्यक्रममा उनले स्थानीय उत्पादनका विषयमा विद्यार्थीलाई समेत जानकारी हुनुपर्ने उल्लेख गरे ।
प्रदेश सरकारले शिक्षामा सुधार ल्याउन नयाँ कार्यक्रम ल्याएको र त्यसको कार्यान्वयनमा लाग्नुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् । ‘सिक्दै कमाउँदै कमाउदै सिक्दै, फ्राइडे फर फ्युचर, अभिभावक शिक्षा जस्ता महत्वपूर्ण कार्यक्रम शिक्षाको क्षेत्रमा प्रदेश सरकारले ल्याएको छ । यसको कार्यान्वयमा सबै विद्यालय लाग्नुपर्ने छ । परिणाम आउने गरी नै यहाँहरुले उक्त कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि बढाउन अनुरोध गर्दछु’, उनले भने ।
मन्त्री थापाले शिक्षामा सुधार ल्याउन मापदण्ड सरल र सहज बनाइने बताए । उनले स्थानीय पालिकाको सहकार्यमा नै शिक्षा क्षेत्रलाई सुदृृढ बनाउन सकिने उल्लेख गरे । विद्यालयको शैक्षिक प्रगतिका विषयमा जानकारी गराउँदै प्रधानाध्यापक रामबाबु पौडेलले विद्यालयमा हाल १ सय ७० विद्यार्थी रहेको बताए ।
विद्यालयले स्थानीय स्रोत साधनको उपयोग गर्दै उत्पादनसँग पनि विद्यार्थीलाई जोडेको उनले उल्लेख गरे । विद्यालयमा खेलकुुद मैदान र यातायातको समस्या भएको र त्यसको परिपूर्तिमा लाग्नुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् ।
विद्यालयका भूतपूर्व विद्यार्थी एवं भूगर्भ विद डा सोमनाथ सापकोटाले नेपालमा साइन्स पढ्ने वातावरण घट्दै गएको बताए । मादीको केन्द्रमा पालिका स्तरीय विज्ञान क्याम्पस आवश्यक रहेको भनाइ उनको छ । शैक्षिक स्तरमा सुधार ल्याउन सबै सचेत हुुनुपर्ने उनले उल्लेख गरे ।









भद्रपुरमा बुद्ध एयरको जहाज दुर्घटना : को–पाइलटसहित ७ जना घाइते, ६ जना घर फर्किए
कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया