बन्दीपुर मिलन समाजमा मञ्जु

पोखरा । बन्दीपुर मिलन समाज पोखराको अध्यक्षमा मञ्जु मकाजु श्रेष्ठ चुनिएकी छन् । शनिबार भएको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनले मञ्जुलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।
उपाध्यक्षमा उमेश प्रधान, सचिव यामबहादुर गुरुड, कोषाध्यक्ष अर्जना प्रधान र सहसचिवमा कुन्ती देवी परियार निर्वाचित भए । सदस्यमा मंगला सुनार, धनजीत गुरुड, रामकृष्ण भण्डारी र सुरज श्रेष्ठ छन् ।
कार्यक्रममा समाजका संरक्षक योगेन्द्र प्रधानले पोखरामा नै बन्दिपुरेबिच भेटघाट गर्न पाउँदा विशेष आनन्द हुने बताए । उनले संस्थामा आवश्यकता अनुसारको सहयोग दिल खोलेर गर्ने प्रतिवद्धतासमेत गरे ।
समाजका नवनिर्वाचित अध्यक्ष मञ्जुले समाजका सदस्यको हकहितका अलवा सामाजिक काम गर्दै अघि बढ्ने प्रतिवद्धता गरिन् । समाजका अध्यक्ष शंकर श्रेष्ठको अध्यक्षयतामा भएको कार्यक्रममा सचिव प्रकाश भण्डारीले पनि बोलेका थिए ।
कार्यक्रममा समाजका सल्लाहकारद्वय डा सुमनलाल श्रेष्ठ र डा भोला श्रेष्ठलाई सम्मान गरिएको छ । सभामा कोषाध्यक्ष अर्चना प्रधानले समाजमा १२ लाखको अक्षयकोष भएको जनाउँदै अक्षयकोषमा सहयोग गर्न आग्रह गरिन् ।









कांग्रेसमा चर्कियो विशेष महाधिवेशनको किचलो : कार्यवाहक सभापतिले बुझेनन् ध्यानाकर्षण पत्र
एपीएफ क्लबलाई ३३औँ त्रिवेणी कपको उपाधि
नक्कली नोट छाप्ने मेसिन र उपकरणसहित पक्राउ
हेड्स नेपालको विद्यार्थीलाई सहयोग
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
तपाईको प्रतिक्रिया