गणितीय हाजिरीजवाफमा ग्लोबल पहिलो

पोखरा । गणित शिक्षा परिषद् कास्कीको आयोजनामा भएको गणितीय हाजिरीजवाफ प्र्रतियोगितमा ग्लोबल स्कुल प्रथम भएको छ । प्रतियोगितामा न्यु मोडल द्वितीय, बालोदय तृतीय भए । एसओएस हर्मन माइनर, छोरेपाटन मावि र शीतलादेवी मावि सान्त्वना स्थान ओगट्न सफल भए ।
गाउँपालिकाबाट ४५ विद्यालय, महानगरपालिकाबाट १ सय ५ विद्यालयको सहभागिता रहेको परिषद्का सचिव भूमिराज अधिकारीले जानकारी दिए । पालिका स्तरको प्रतियोगिताबाट छनोट भएका विद्यार्थीबीचको सेमिफाइनल र फाइनल प्रतिस्पर्धा एसओएस हर्मन माइनर स्कुल गण्डकीमा भएको थियो ।
परिषद्ले लाइफटाइम एचिभमेन्ट अवार्डबाट गणित शिक्षा परिषद्का संस्थापक महासचिव देवेन्द्रराज उपाध्याय सम्मान गरेको छ । शिक्षकको तर्फबाट पृथ्वीनारायण क्याम्पस, तथ्यांक शास्त्र विभागीय प्रमुख कृष्णचन्द्र भट्टराई, माछापुच्छ्रे नमुना माविका अन्नपूर्ण २ का प्राचार्य दीपकराज अधिकारी, चिल्ड्रेन एकेडेमीका प्राचार्य तथा गणित शिक्षक हिमाल गुरुङ सम्मानित भए ।
परिषद् कास्कीका अध्यक्ष डिल्लीराम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा विकास निर्देशनालयका निमित्त महानिर्देशक अम्बिकाप्रसाद आचार्य, संस्थाका सल्लाहकार महेश्वर पोखरेल, चिन्तामणि शर्मा, गणित शिक्षा परिषद् गण्डकीका अध्यक्ष वेदप्रसाद शर्मा, एसओएस हर्मन माइनरका प्राचार्य चूडामणि सुवेदी, गणित शिक्षक समाज गण्डकीका अध्यक्ष त्रिभुवन शर्मा, नेपाली भाषा शिक्षक परिषद् कास्कीका अध्यक्ष डिल्लीराम अर्याल, गणित शिक्षा परिषद्का केन्द्रीय कोषाध्यक्ष ज्ञानेन्द्र न्यौपाने लगायतले बोलेका थिए ।
माछापुच्छ्रे, रुपा र अन्नपूर्णमा पुस ५ गते, मादीमा पुस ८ गते र पोखरामा पुस १२ गते पालिकास्तरका प्रतियोगिता भएका थिए ।









नेपाली कांग्रेसले नैतिकताको बन्धन तोडेर स्वतन्त्र बनाएपछि रास्वपामा आएँ : कुमार खड्का
रास्वपाको लक्ष्य १५१ सिट : रास्वपा उपसभापति डा. वाग्ले
बागलुङका ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग
लौरुक खोलामा मोटरेवल पुल शिलान्यास
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया