गण्डकी ट्रक यातायातको वार्षिकोत्स्व

पोखरा । गण्डकी ट्रक यातायात व्यवसायी संघ नयाँबजार पोखराको ४४ औं वार्षिकोत्सव तथा स्थापना दिवसको आइतबार भएको छ । त्यस अवसरमा पोखरा ८ का वडा अध्यक्ष रुद्रनाथ बरालको प्रमुख आतिथ्यतामा संघको कार्यालय परिसरमा खुला रक्तदान कार्यक्रम र निःशुल्क दन्त स्वास्थ्य शिविरसम्पन्न गरिएको थियो ।
संघका भूपू अध्यक्ष हरिप्रसाद खनाल, रुद्रप्रसाद तिमिल्सिना, टेकबहादुर भुजेल, संस्थापक अध्यक्ष तेजनारायण तिमिल्सिना, निवर्तमान अध्यक्ष रविन्द्र गिरी, वडा नम्बर १४ का वडा सदस्य कृष्णहरि काफ्ले लगायतले कार्यक्रम र संस्थाको बारेमा चर्चा गरेका थिए ।
रक्त सञ्चार केन्द्र पोखरा र गण्डकी मेडिकल कलेज पोखराले कार्यक्रममा आवश्यक प्राविधिकहरू उपलब्ध गराएका थिए। उक्त कार्यक्रममा ३७ जना रक्तदाताहरूले रक्तदान गरेका र ४६ जनाले निःशुल्क दन्त स्वास्थ्य परीक्षण सेवाको उपयोग गरेका थिए ।
१३ गाडी व्यवसायीलाई गाडी विस्थापन राहत (पुरानो गाडी काटेर नष्ट गरे वापत) दुईवटा गाडीलाई जनही ३ लाख रुपैयाँ र ११ वटा गाडी व्यवसायीलाई जनही १ लाख रुपैयाँका दरले विस्थापन राहत वितरण गरिएको थियो । उक्त कार्यक्रमको संयोजक संघका द्वितीय उपाध्यक्ष नेत्रबहादुर खत्री थिए । कार्यक्रम संघका अध्यक्ष सुरेन्द्र त्रिपाठीको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रम सञ्चालन संघका महासचिव चोमराज थापाले गरेका थिए । स्वागत मन्तव्य संघका वरिष्ठ उपाध्यक्ष कल्याण तिमिल्सिनाले दिएका थिए ।
तपाईको प्रतिक्रिया