१०४ वर्षीया बास्तोला सम्मानित

समाधान संवाददाता २०८१ पुष १४ गते १८:२९

पोखरा । कुरचिन्ने खर्क सामुदायिक वन उपभोक्ता समुह पोखरा १६ को तिसौ साधारण सभा एवं चौधौ अधिवेशन उद्घाटन समारोहमा १०४ वर्षीया भीमाकुमारी बाँस्तोलालाई सम्मान गरिएको छ ।

Advertisement

प्रत्येक वर्ष साधारण सभामा वन समूहभित्रका ज्येष्ठनागरिकलाई सम्मान गर्ने क्रममा उनी लगायत ८५ वर्षीय ढाटी बस्नेत र ८१ वर्षीय मीनबहादुर बस्नेतलाई सम्मान गरिएको थियो ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य हरिप्रसाद बास्तोलाले वन समूहका ज्येष्ठ नागरिकलाई दोसल्लो ओढाएर सम्मान गर्दै वन समूहले वन तथा वातावरणको संरक्षणसंगै समाजको आर्थिक एवं सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताए ।

Advertisement

वन कार्ययोजना र विधानको पूर्णरुपमा पालना गर्ने हो भने वन पैदावार उपयोगमा कुनै पनि समस्या नपर्ने बताउँदै उनले मुलुकको वन क्षेत्रलाई समृद्धिसँग जोड्ने खालका उद्यम सञ्चालन गर्न सरकारको ध्यानजानुपर्ने आवश्यकता औंल्याए ।

महासंघ गण्डकी प्रदेशका सदस्य एवम् समुहका सल्लाहकार जितबहादुर बस्नेतले सहरको नजिक रहेको हुँदा चोरीसिकारीबाट वन तथा वन्यजन्तुको संरक्षणमा चुनौती बढ्दै गएको बताए । समूहका अध्यक्ष रमेश बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा सचिव मीनु बस्नेत, कोषाध्यक्ष झलकबहादुर बस्नेत, निलबहादुर बस्नेत रमेश बहादुर वस्नेत लगायतले संरक्षण गरेको वनलाई उपयोग गर्ने नीतिको खाँचो औंल्याए । कार्यक्रममा लुकीछिपी दाउरा चोरी गर्ने स्थानीय छ जनालाई आगामी दिन प्रवेश नगर्ने सर्तमा जफत गरिएका हसिया फिर्ता गरिएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया