पोखरा १३ को साहित्य पर्वमा लोक गीत र र्याप गुञ्जिने

पोखरा
पोखरा महानगरपालिका वडा नम्बर १३ ले साहित्य पर्व २०८१ गर्ने भएको छ । साहित्य र संस्कृतिलाई प्रोत्साहन गर्न कार्यक्रम गर्न लागिएको संयोजक राजेन्द्र भण्डारीले बताए । पुस २० गते वडा कार्यालय परिसरमा कार्यक्रम हुनेछ । ‘शब्द आवाज, चेतना र भावना हो । यिन विविधि आयामलाई जीवित बनाउन कार्यक्रम गर्न लागिएको हो,’ उनले भने ।
साहित्य पर्वमा डा अभि सुवेदीले वर्तमानले देखेको र भविष्यले खोजेको शीर्षकमा विद्वत् प्रवचन दिने छन् । पोखरा १३ को भौगोलिक इतिहास र वर्तमानबारे राजनीतिक विश्लेषक विश्व सिग्देलले प्रवचन दिने कार्यतालिका छ । समाज रुपान्तरणमा साहित्यको भूमिकाबारे साहित्यकार सरुभक्तले धारणा राख्नेछन् । यो सेसनको सहजीकरण समाधान डटकमका सम्पादक भरत कोइरालाले गर्ने छन् । साहित्य पर्वमा लोककवि अलिमियाँका लोकगीत पनि सुनाइनेछ । ५ नारी सर्जकले कविता वाचन गर्ने छन् ।
कवि तीर्थ श्रेष्ठले कविता वाचन गर्ने अर्काे शत्रको सहजीकरण पत्रकार शोभाकान्त सिग्देलले गर्ने छन् । गायिका बाबा राणाको सांगीतिक जीवन आरम्भदेखि हालसम्मका अनुभवबारे प्रकाश पार्ने र गीत गाउन अनुरोध गरिने कार्यक्रम संयोजक भण्डारीले जानकारी दिए ।
कार्यक्रममा कविता, ¥याप गीत, लोकगीतसमेत समेटिने छन् । ‘यो साहित्यिक पर्वबाट स्थानीय र राष्ट्रिय क्षेत्रमा ध्यान आकर्षण गर्ने अपेक्षा राखिएको छ,’ उनले भने । पोखरा १३ का वडाध्यक्ष किरण बरालले आफ्नो पूर्ववत घोषणा र प्रतिवद्धता अनुरुप साहित्य पर्व गर्न लागिएको सुनाए ।
‘म निर्वाचित भएपछि साहित्यिक पर्व गर्ने योजना थियो । साहित्यमार्फत समाजलाई जोड्न सकिन्छ भन्ने लाग्छ,’ उनले भने, ‘यो वडाले धेरै साहित्यकार जन्माएको पनि छ । उहाँहरुलाई पनि सम्मान गर्दै नयाँ पुस्तारलाई ती सबै कुराको जानकारी दिन पर्व गर्न लागिएको हो ।’









कांग्रेसमा चर्कियो विशेष महाधिवेशनको किचलो : कार्यवाहक सभापतिले बुझेनन् ध्यानाकर्षण पत्र
एपीएफ क्लबलाई ३३औँ त्रिवेणी कपको उपाधि
नक्कली नोट छाप्ने मेसिन र उपकरणसहित पक्राउ
हेड्स नेपालको विद्यार्थीलाई सहयोग
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
तपाईको प्रतिक्रिया