राम्चेली गडाभाई तमु समाजको अध्यक्षमा औबहादुर

पोखरा ।
स्याङजाको वालिङ नगरपालिका वडानम्बर ३ राम्चेबाट पोखरा आई बसोबास गर्दै आएका गुरुङहरुको साझा संस्था स्याङजा राम्चेली गडाभाई तमु समाज पोखराको अध्यक्षमा औबहादुर गुरुङ चयन भएका छन् । समाजको १८ औँ साधारणसभा तथा छेठौँ अधिवेशनले औबहादुरको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
नवनिर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्ष दुरमाया गुरुङ, द्वितीय उपाध्यक्षमा बलबहादुर गुरुङ, सचिवमा रुपसीँ गुरुङ, सह सचीव सुवेदार भिमबहादुर गुरुङ र निर्मला गुरुङ छन् । त्यसैगरी कोषाध्यक्षमा क्याप्टेन चमबहादुर गुरुङ, सहकोषाध्यक्षमा हरिप्रसाद गुरुङ र सदस्यहमा चीनमाया गुरुङ, जमान गुरुङ, ठगबहादुर गुरुङ, महिला संयोजक नरमाया गुरुङ र युवा संयोजक दर्शन गुरुङ चयन भएका छन् ।
अधिवेशनको निर्णायक मण्डलमा समाजका संस्थापक अध्यक्ष ओमबहादुर गुरुङ संयोजक र निवर्तमान अध्यक्ष भुपेन गुरुङ र संस्थापक सचिव आशिष गुरुङ सदस्य थिए । कार्यक्रममा कोषाध्यक्ष गुरुङले आर्थिक प्रतिवेदन र सचिव दिलमायाले प्रगती प्रतिवेदन पेश गरेका थिए ।
यसैबिच समाजले तमुहरुको महान पर्व सप्र्ही ल्होसार २०८१ समेत भव्यताका साथ मनाएको छ । सप्ह्री ल्होसारको अवसरमा समाजले शुभकामना आदान प्रदान एवम चेलीबेटी भेटघाट स्योकैं कार्यक्रम गरि ल्होसार मनाएको हो ।
समाजका संस्थापक अध्यक्ष ओमबहादुर गुरुङले ९ जनाबाट स्थापना भएको संस्था अहिले बृहत रुपमा अगाडी बढिरहेकोमा खुसी व्यक्त गर्दै अगामी दिनमा राम्चेली एक भएर अघि बढ्नुपर्नेमा जोड दिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका सचिव भुपाल गुरुङ, अध्ययनरत उत्कृष्ट विद्यार्थीहरु, र इन्डियन आर्मीबाट रिट्यार्ड आर्मीहरुलाई सम्मान गरिएको थियो ।









एसओएस गण्डकीको ४२ औँ खेलकुद दिवस सुरु, ६१३ विद्यार्थीको प्रत्यक्ष सहभागिता
बागलुङमा जनवादी गायक जीवन शर्माको एकल सांस्कृतिक साँझको तयारी तीव्र
गण्डकी प्रदेशमै पहिलो पटक स्थानीय तहबाटै प्यान वितरण, चुमनुब्री गाउँपालिकाले थाल्यो सेवा
शिक्षक महासंघ कास्कीको प्रथम जिल्ला परिषद् पुस २७ मा, स्थानीय भत्ताका लागि दबाब दिने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया