विश्वविद्यालयको विकास र सुधारको विषयमा छलफल

समाधान संवाददाता २०८१ पुष १६ गते २०:०५

पोखरा । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रीले उच्च शिक्षा क्षेत्रमा सुधार र गुणस्तर कायम राख्नका लागि सबै विश्वविद्यालयका नेतृत्वले विशेष ध्यान दिनुपर्ने बताएकी छन्उ ।

Advertisement

मन्त्री भट्टराईले ले सम्वन्धनको बिषय पेचिलो भएकोले यस विषयलाई वैज्ञानिक दृष्टिकोणबाट हेरिनुपर्ने, विश्वविद्यालय स्वायत्त संस्था भएकोले नियन्त्रणको आवश्यकता नपर्ने तर स्वअनुशासन र स्वनियन्त्रण आवश्यक रहने कुरा उल्लेख गरिन् । शिक्षाको केबल विस्तार गर्ने मात्र नभई यसले जीवनस्तर सुधार्नका लागि पर्याप्त आम्दानी र अवसर सिर्जना गर्नुपर्ने विषय तर्फ सोच्नुपर्ने समय आएको उनको धारणा थियो।

उनले शिक्षाबाट समाजमा वर्ग निर्माण हुन नहुने तथा यसबाट सामाजिक न्यायको पक्षमा काम हुनुपर्नेमा जोड दिइन् । उच्च शिक्षा क्षेत्रमा गुणस्तरको मापन प्रतिस्पर्धामा आधारित हुनुपर्ने साथै, विश्वविद्यालयहरूले गुणस्तर कायम राख्नका लागि सक्रिय भूमिका लिनुपर्ने उनले बताइन् । विद्यालय र विश्वविद्यालय बीचमा सम्वाद र अन्तरक्रियाको आवश्यकता रहेको बताउँदै, उनले शैक्षिक क्यालेण्डर पालना नगरेमा विश्वविद्यालयहरूमा जाने स्रोत रोक्नु पर्ने सम्मको अवस्था आउन सक्ने कुरा पनि उठाइन् ।

विश्वविद्यालयका पदाधिकारीहरू बीचमा सामन्जस्य र समन्वयको वातावरण बनाउनु आवश्यक भएकोमा उनले जोड दिइन् । विश्वविद्यालयहरूले आफ्ना आंगिक क्याम्पसहरुलाई क्युएएमा लैजानुपर्ने, विश्वविद्यालय थिंक ट्यांक भएकोले उपकुलपतिहरुले यसको नेतृत्व लिनुपर्ने, आफूले दिएको सम्बन्धनको अनुगमगन गर्नुपर्ने, आन्तरिक समस्या समाधान गर्न विश्वविद्यालय अवस्थित सामाजिक परिवेश सँग परिचित हुनुपर्ने यी समग्र प्रक्रियाको प्रशासनिक समन्वय गर्न मन्त्रालय तयार रहेको कुरा पनि उनले प्रस्ट पारिन् । विश्वविद्यालय अनुदान आयोगको परिषरमा आयोजित कार्यक्रममा विभिन्न विश्वविद्यालयका उपकुलपतिहरुको उपस्थिति रहेको थियो। छलफल विद्यार्थी भर्ना प्रक्रिया, आपसी समन्वय, शैक्षिक क्यालेण्डरको पालना लगायतका विषयमा केन्द्रित थियो।

Advertisement

तपाईको प्रतिक्रिया