पुस २० गते कांग्रेस महामन्त्री गगन थापा पोखरा आउने
समाधान संवाददाता
२०८१ पुष १८ गते १४:३४

पोखरा ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा पोखरा आउने भएका छन् । पुष २० गते शनिबार बिहान ११ बजे पोखराको होटल दिप सागरमा प्रदेश स्तरीय एक दिने अभिमुखीकरण कार्यक्रममा सहभागी हुन थापा पोखरा आउने कार्यतालिका छ ।
कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न तहका पदाधिकारी, सदस्य र जनप्रतिनिधिहरु उपस्थित हुन भनिएको छ । अभिमुखीकरण कार्यक्रममा नेपाली कांग्रेसलाई अझ गतिशील बनाउनका लागि छलफल कांग्रेसको गण्डकी प्रदेशले जनाएको छ । कार्यक्रममा गगन थापाले नेपाली कांग्रेसका कार्यकर्ताहरूसँग प्रत्यक्ष संवाद गर्ने छन् ।

सम्बन्धित








कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया