सफल ‘प्रिमियम काउ घी’ बजारमा

समाधान संवाददाता २०८१ पुष २१ गते १७:५३

पोखरा । सुजल डेरीले उपभोक्ताका लागि गाईको शुद्ध दूधबाट उत्पादन गरिएको ‘सफल काउ घी’ पोखराको बजारमा उपलब्ध गराएको छ । ‘सफल काउ घी’ उच्च प्रविधिको प्रयोगमार्फत तयार पारिएको शुद्ध, दानेदार र बास्नादार घिउ भएको डेरीले जनाएको छ । यसले खाना परिकारलाई अझ स्वादिष्ट बनाउने कम्पनीले जनाएको छ ।

Advertisement

भिटामिन एजस्ता पोषक तत्वयुक्त ‘सफल काउ घी’ ले दृष्टि सुधार गर्न, रोग प्रतिरोधात्मक क्षमता बढाउन, र छालालाई स्वस्थ राख्न सहयोग पुर्‍याउने दाबी गरिएको छ । ‘सफल काउ घी’ परिकारलाई स्वादिष्ट र पौष्टिक बनाउने मात्र नभई नेपाली परम्परागत खाना दाल–भातमा सबैभन्दा उपयुक्त हुने कम्पनीले बताएको छ । यो विभिन्न मिठाइ बनाउन, रोटि र पराठामा टपिङ्सका रूपमा प्रयोग गर्न सकिने उल्लेख छ ।

नेपाली धार्मिक तथा सांस्कृतिक महत्वलाई समेत समेट्ने यो घिउ हिन्दू परम्परागत पूजा तथा अनुष्ठानमा प्रयोग गरिने पञ्चामृत बनाउनका लागि उपयुक्त मानिन्छ । ‘सफल काउ घी’ आधा लिटर प्याकमा ७५० रुपैयाँ पर्ने भए पनि विशेष लञ्च अफर अन्तर्गत २५ रुपैयाँ छुटसहित अहिले पोखरामा ७२५ रुपैयाँमा उपलब्ध रहेको सुजल डेरीले जनाएको छ ।

यो घिउ आधुनिक ‘आइएमएल टब प्याकेजिङ’मा उपलब्ध छ । पुनः प्रयोग गर्न मिल्ने प्याकेजिङ यो घिउको विशेषता हो । ‘सफल काउ घी’ आफ्नो गुणस्तर, विशिष्ट स्वाद र शुद्धताका कारण उपभोक्ताको पहिलो रोजाइ बन्ने विश्वास कम्पनीले लिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया