प्रहरीलाई झुक्याउने नारायण पक्राउ

समाधान संवाददाता
पोखरा
पोखरा ११ फूलबारी बस्ने ४२ वर्षीय नारायणप्रसाद पौडेललाई प्रहरीले पक्राउ गरेको छ । उनले प्रहरीलाई आफू अपहरणमा परेको भन्दै प्रहरीलाई झुक्याएका कारण पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी राजकुमार केसीले जानकारी दिए ।
असोज ४ गते पौडेलले आफू अपहरणमा परेको भन्दै प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीले पौडेलको सूचनाका आधारमा अपहरणकारीको खोजतलास तथा पौडेलको उद्धारका लागि तत्काल प्रहरी परिचालन गरेको थियो । ५ गते पौडेल रुपन्देही जिल्ला गई आफूलाई पोखराबाट अपहरण गरी अपहरणकारीले भारततर्फ बोलाएको भनी रुपन्देही प्रहरीलाई बताएका थिए ।
पौडेललाई आफन्तको जिम्मा लगाई पठाउन जिल्ला प्रहरी कार्यालय कास्कीले रुपन्देही प्रहरीलाई आग्रह गर्यो । कास्की आइपुगेका पौडेलमाथि नै प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । प्रहरीको अनुसन्धानमा कसैले अपहरण गरेको नभई लेनदेनको विषयलाई लिएर आफ्नो विपक्षीलाई फसाउन अपहरणको नाटक गरेको खुल्न आएको केसीले बताए । प्रहरीलाई झुक्याएको खुलेपछि नारायणप्रसाद पौडेललाई नियन्त्रणमा लिई कानुनी प्रक्रिया अघि बढाइएको केसीको भनाइ छ ।









१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
वर्तमान कार्यसमिति भंग गर्ने दबाबबीच कांग्रेस विशेष महाधिवेशन लम्बियो, वार्ताका लागि देउवा तयार
विन्ध्यवासिनी माविको ७९ औँ वार्षिकोत्सव, प्रअ आचार्यलाई ‘अध्यक्ष अवार्ड’
गोगन माविको वार्षिकोत्सव
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया