खेलकुद पत्रकार मञ्चको अधिवेशन माघ १० मा

पोखरा ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको तेस्रो अधिवेशन आगामी माघ १० गते हुने भएको छ । मञ्चका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा आइतबार बसेको बैठकबाट अधिवेशनको मिति तय गरिएको महासचिव राजाराम पौडेलले जानकारी दिए ।
मञ्चमा खेलकुद बिटमा कलम चलाउने ७४ पत्रकार आवद्ध छन् । अधिवेशन सहभागी बन्न मञ्चमा आवद्ध सदस्यले माघ ७ भित्र सदस्यता नवीकरण गर्नुपर्ने छ । सदस्यता नवीकरणका लागि संयोजन गर्ने जिम्मेवारी कोषाध्यक्ष कविता घर्तीमगरलाई दिइएको छ ।
मञ्च गण्डकीले पाँचौ साधारणसभा तथा विधान अधिवेशनमार्फत विधान संशोधनसहित जिल्ला शाखा तथा समन्वय शाखा गठन, सदस्यता प्रदान, शुद्धीकरण, नवीकरण लगायतका विषयमा मापदण्ड बनाइएको थियो । विधान संसोधनपश्चात मञ्च गण्डकीको कार्यसमितिको कार्यकाल ३ वर्षबाट २ वर्षमा छोटिएको छ ।
सदस्यताको हकमा समेत केही मापदण्ड तय गरिएको छ । विधान संसोधन गर्दा कार्यसमितिमा समावेशी उपाध्यक्ष र १ जना सदस्य थप गरी १३ सदस्यीय बनाइएको छ । मञ्चका अध्यक्ष बरालले सबैको साथका कारण आफ्नो तीन वर्षे कार्यकाल सफल रहेको सुनाए ।
तपाईको प्रतिक्रिया