‘वातावरण संरक्षणमा उदासिनता’
पोखरा ।
पोखरामा आयोजित एक कार्यक्रमका सहभागीले सरकारले वातावरण संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि, महासन्धिहरुमा हस्ताक्षर गरेको पनि कार्यान्वयन नगरेकोमा असन्तुष्टि जनाएका छन् ।
पोखरामा भएको प्रकृति–मानव केन्द्रित जन अभियानको छैटौं राष्ट्रिय सम्मेलनमा बोल्ने वक्ताहरुले सरकारप्रति असन्तुष्टि प्रकट गरेका हुन् । अभियानका पूर्व केन्द्रीय अध्यक्ष उत्तम कँडेलले व्यापक वायु प्रदूषणका कारण दक्षिण एसियाका मानिसहरु ठूलो जोखिममा रहेको जनाए ।
मानव र प्रकृतिको रक्षाका लागि राज्यबाट मात्र भर पर्न सक्ने अवस्था नरहेको बताउदै कँडेलले प्रकृति र मानवको रक्षाका लागि उपयुक्त नीति आवश्यक रहेकोमा जोड दिए ।
अभियानका उपाध्यक्ष राजन केसीले नेपाल जस्ता साना मुलुकले थोरै कार्बन उत्सर्जन गरेको भए पनि ठूला र विकसित देशहरुले गरेको बदमासीको पीडा भोग्नु परेको बताए ।
शनिबारसम्म चल्ने सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने छ भने वातावरण तथा प्रकृति संरक्षण सम्बन्धमा विविध प्रस्ताव पारित गर्ने अभियानका पूर्वअध्यक्ष सन्तबहादुर घिसिङले जानकारी दिए ।









सामाजिक विकास तथा कृषि समितिको बैठक आज
सर्भर स्लो, राजस्व लक्ष्य टाढा
जीवनस्तर र राजनीतिको अन्तरसम्बन्ध
सम्पादकीय—भेनेजुयलामाथि साम्राज्यवादी आक्रमण
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया