मुस्ताङमा २ दिने ‘कर शिविर’

समाधान संवाददाता २०७६ असोज ८ गते १६:३०

मुस्ताङमा कर दाखिला गर्न स्थानीय उद्योगी तथा व्यवासायीहरुको उत्साहपूर्ण सहभागीता

जाेमसाेम, एसके थकाली

हिमालपारीको जिल्ला मुस्ताङको जोमसोममा मंगलबार देखि बुधबार सम्म २ दिने कर शिविर संञ्चालन भएको छ । आन्तरिक राजश्व कार्यालय बाग्लुङका प्रमुख कर अधिकृत सहित ५ जना कर्मचारी सम्मिलित टोलीले कर शिविर आयोजना गरेको हो ।

Advertisement

मुस्ताङ उद्योग वाणिज्य संघले कर शिविरको समन्वय गरेको हो । हिमाली क्षेत्रका विभिन्न स्थानमा आफ्नो उद्योग तथा व्यापार – व्यवसाय गर्दै आईरहेकालाई घरदैलोमै छिटो÷छरितो सेवा प्रवाह गर्ने उद्देश्यले कर शिविर संञ्चालन भएको मुस्ताङ उद्योग बाणिज्य संघले जनाएको छ । मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष खगेन्द्र तुलाचनले स्थानीय उद्योगी तथा व्यवसायीहरुको अनुरोधमा कर शिविर भएको जानकारी दिए । बर्खायामको मौसममा यातायातको समस्या र आउजाउमा खर्चिलो हुने भएकाले जनताको घरदैलोमै सेवा पुर्‍याउन कर शिविर राखिएको जनाए । संघको पहलमा मुस्ताङमा चौथो पटक कर शिविर भएको अध्यक्ष तुलाचनले बताए । उनका अनुसार यसपटक आन्तरिक राजश्व कार्यालय बाग्लुङले व्यवासयीलाई शिविरबाटै कर चुक्ता प्रमाणपत्र उपलब्ध गरेको छ ।

आन्तरिक राजश्व कार्यालय बाग्लुङले मुस्ताङ स्थित करदातालाई आ।व। २०७५÷०७६ कर बुझाई राष्ट्र निर्माणमा योगदान गर्न अनुरोध गरेको हो । आन्तरिक राजश्व कार्यालयले स्थानीय करदातालाई आय विवरण बुझाउने, नया प्यान दर्ता गर्ने , व्यक्तिगत प्यान दर्ता गर्ने , प्यान नविरकण गर्ने र पछ्र्योट हुन बाँकी कर चुक्ता गर्ने लगायतको सेवा दिएको आन्तरिक राजश्व कार्यालय बाग्लुङका प्रमुख कर अधिकृत हेमराज सुवेदीले जानकारी दिए ।

Advertisement

कर अधिकृत सुवेदीले मुस्ताङमा कार्यालय आयोजना गरेको शिविरमा उद्योगी तथा व्यवसायीको उत्साहपूर्ण सहभागी रहेको बताए । उनका अनुसार मुस्ताङका ५ वटै स्थानीयतहका विभिन्न व्यवसायीहरु कर बुझाउन उपस्थित भएको जनाए ।

तपाईको प्रतिक्रिया