नेत्र चापागाईंले धर्ना तोडे, माग पूरा गर्ने शिक्षामन्त्रीको आश्वासन

पोखरा । देशको शैक्षिक क्षेत्र सुधारका लागि धर्ना दिइरहेका नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईँले आन्दोलन स्थगित गरेका छन् ।
शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौँको माइतीघरमा ८ दिनदेखि मौन धर्ना दिदै आएका तनहुँका चापागाईँले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको भेटपछि पछाडी हटेका हुन् । सोमबार माइतीघर पुगेर मन्त्री भट्टराई र प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समिति सभापति अम्मरबहादुर थापाले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि चापागाईँले आन्दोलन स्थगित गरेका हुन् ।
चापागाईंलाई भेटेपछि मन्त्री भट्टराईले सबै मागहरु पूरा गर्ने प्रतिबद्धता जनाएकी छिन् । उनले भनिन्, ‘तपाईंले गरेका धेरै मागहरू सम्बोधन गर्न सकिने छन् । सरकारले पूरा गर्ने छ । मैले यो सब बोल्नको लागि मात्र बोलेको होइन । केही कुरा कार्यदल बनाएर सुरु भइसकेका छन् । कार्यदलले दिएको सिफारिसका आधारमा आउने बजेटमा नीति कार्यक्रमहरूलाई लगेर जान्छु ।’ मन्त्री हुँदा कार्यान्वयन नभएपनि संसदबाट सरकारलाई काम गर्नको लागि अगाडि बढाउने काम गर्ने उनको भनाइ थियो ।
बजेट बनाइसकेपछि आफू मन्त्रालयमा आएकाले आफ्नो भिजन बजेटमा राख्न नसकेकाले आगामी बजेटमा स्पष्ट भिजनसहितको बजेटको व्यवस्था गरिने उनले प्रतिवद्धता जनाइन् । यो वर्ष कार्यान्वयनमा नरहेका कार्यक्रमको बजेट प्रकोपबाट प्रभावित विद्यालयमा केन्द्रित गरेको भट्टराईको भनाइ थियो ।
शैक्षिक क्षेत्र सुधारको मागसहित आन्दोलन सुरु गरेका चापागाईँ सबै प्रदेशमा भर्ना दिएर काठमाडौँ आएका थिए । काठमाडौँमा लगातार ८ दिन उभिएर धर्ना दिदा खुट्टा सुन्निएपछि उनी बैशाखीको सहारामा आन्दोलनलाई निरन्तरता दिइरहेका थिए ।
उनले पेश गरेको मागहरूमा नयाँ शिक्षा ऐन जारी हुनुपर्ने, इसिडी शिक्षालाई विद्यालय शिक्षामा मान्यता दिनुपर्ने, पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठसँग भएका सहमति कार्यान्वयन हुनुपर्ने, पहाडका ग्रामिण क्षेत्रमा आवासीय विद्यालय संचालन गर्नुपर्ने, शिक्षण पेशालाई सम्मानित बनाउन सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने, प्रध्यानाध्यापकको भत्ता वृद्धि हुनुपर्ने लगायत छन् ।









हेड्स नेपालद्वारा म्याग्दीका विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण
गीत, गगल्स र विनोद गौचन
सम्पादकीय—सडक स्तरोन्नतिमा म्याद थपको शृंखला
फूलबारीको प्रगति टोल विकास संस्थामा गुप्ती गुरुङ
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया