अर्जुनचौपारीको पालिका भवनमा हतियारसहित प्रवेश, पर्खालमा क्षति पुर्याएको भन्दै कारवाहीको माग

स्याङ्जा । अर्जुनचौपारी गाउँपालिका भवनमा हतियारसहित प्रवेश गरी क्षति पुर्याउने २ जनालाई कारवाहीको माग गर्दै पालिकाले प्रमुख जिल्ला अधिकारीसँग गुहार मागेको छ ।
सोही पालिकाको वडा नं १ निवासी मेगबहादुर केसी र रेशम देवकोटाले हतियारसहित गाउँपालिकाको प्रशासकीय भवन परिसरमा प्रवेश गरेर हानी पुर्याउने र अपशब्द प्रयोग गरेको प्रमुख प्रशासकीय अधिकृत कौशल पाण्डेले बताए ।
प्रमुख प्रशासकीय अधिकृत पाण्डेले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय, स्याङ्जामा पत्र लेख्दै उक्त प्रकरणमा आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइदिन अनुरोध गरेका छन्।
पत्रका अनुसार, मेग बहादुर के.सी. र रेशम देवकोटा शनिबार बिहान करिब ९ बजे हतियारसहित गाउँपालिकाको प्रशासकीय भवन परिसरमा प्रवेश गरेका थिए। त्यसपछि, उनीहरूले गाउँपालिकाको निर्माणाधीन पर्खालमा आंशिक क्षति पुर्याएका थिए ।
त्यस्तै, ती व्यक्तिहरूले गाउँपालिकाले संरक्षण गर्दै आएका बोटविरुवालाई काटेर नष्ट गरेको र कर्तव्य पालनाका क्रममा प्रमुख प्रशासकीय अधिकृत तथा अन्य कर्मचारीहरूलाई गालीगलोजसमेत गरेको आरोप पनि लगाइएको छ।









सुशासन र विकासका लागि बीपीको मेलमिलाप नीति अपरिहार्य : विचार समाज
पोखरामा आजदेखि ४ दिन बिहान ५ घण्टा लाइन जाने
कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
तपाईको प्रतिक्रिया