जोशी पोविवि कामु भिसी

समाधान संवाददाता २०७६ असोज १० गते १२:२३

समाधान संवादददाता, पोखरा

पोखरा विश्वविद्यालयको कायम मुकायम उपकुलपतिमा बुद्धिराज जोशी नियुक्त भएका छन् । असोज ७ देखि रिक्त उक्त पदमा कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार नियुक्त गरेका हुन् । उपकुलपति प्राडा चिरञ्जीवी शर्माले कार्यकालको अन्त्यमा आएर असार २९ गतेदेखि जोशीलाई नै निमित्त दिएर बिदामा बसेका थिए ।

जोशी विश्वविद्यालयकै विज्ञान तथा प्रविधि संकायका डिन हुन् । भिसी शर्मा कनिष्टलाई निमित्त दिएपछि आन्तरिक रुपमै विवाद सुरु भएको थियो । बिहीबार जोशी कामुमा नियुक्त भए लगत्तै नेपाल विद्यार्थी संघ आन्दोलनमा उत्रेको छ । नेविसंघका विद्यार्थीले दिउँसोदेखि मुख्य प्रशासनिक भवनमा ताला लगाइदिएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया