लेखनाथ जेसीज र जुनियर जेसीजको पदस्थापन

लेखनाथ ।
लेखनाथ जेसीज र जुनियर जेसीजको बिहीबार संयुक्त पदस्थापन भएको छ । कार्यक्रम लेखनाथ जेसिज वर्ष २०२४ का अध्यक्ष प्रकाश राईभाट र वर्ष २०२५ का अध्यक्ष कृष्ण तिवारीको अध्यक्षतामा भएको हो ।
गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले नेतृत्व र क्षमता विकासमा सहयोग पुर्याउँदै जेसीजले युवाहरुलाई ज्ञान, सिप वृद्धि गरी आयआर्जनको बाटोतर्फ उन्मुख गराउन सहयोग पुर्याएको बताए ।
युवाहरुलाई सहि बाटोेमा ल्याउने गरी जेसीज अभियानले राष्ट्र निर्माणमा योग्य नागरिक बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले जेसिज सिक्ने र सिकाउने थलो भएकाले विभिन्न रचनात्मक तथा सन्देशमूलक कार्यक्रम सँगै वर्तमानमा युवा पलायन रोक्न भूमिका खेल्न जेसीजलाई आग्रह गरे ।
कार्यक्रममा राष्ट्रिय उपाध्यक्ष अभिशेक दुलाल, सौरभ श्रेष्ठ, पोखरा जेसीजका अध्यक्ष भाइराजा श्रेष्ठ, लेखनाथ जेसीजका पूर्व अध्यक्ष सुरेन्द्र अधिकारी, पोखरा महानगरपालिका वडानं ३० का वडासदस्य विनोदप्रसाद लामिछाने, लेखनाथ साना सहरी खानेपानी उपभोक्ता समिति अध्यक्ष मुरारी शर्मा लगायतले जेसीजले सामाजिक क्षेत्रमा जेसीजले गरेका कामका बारेमा चर्चा गरेका थिए ।
कार्यक्रममा जुनियर जेसीज पदनधिकारीलाई पद तथा गोपनियताको सपथ ग्रहण गरेका थिए ।
लेखनाथ जेसिजको २६ औं शाखा अधिवेशनले कृष्ण तिवारीलाई वर्ष २०२५ अध्यक्षमा निर्वाचित गरेको हो । समितिको कार्यकारिणी उपाध्यक्षहरुमा रसिस हरी भन्डारी र शिवानी केसी, उपाध्यक्षहरुमा सन्देश ढकाल, बराज घिमिरे, अशोक ढकाल र सञ्जय बाँस्तोला रहेका छन् ।
यस्तै कानुनी सल्लाहकारमा प्रवलमणी भन्डारी, महासचिवमा सर्वेन्द्र न्यौपाने, कोषाध्यक्षमा मौसम बराल, सचिवमा जनकराज तिवारी, शाखा सम्पादकमा सुशील ढुंगाना, वृद्धि सभापति विकास रानाभाट, शुक्रबारसरीय प्रवचनमाला संयोजकमा आकाश बराल र थिम डाइरेक्टरमा महेश वाग्ले चयन भएका हुन् ।









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया