असोज १३ देखि पावर लिफ्टिङ प्रतियोगिता

समाधान संवाददाता
पोखरा
पोखरामा आयोजना हुने प्रथम ‘क्लब स्तरीय पुरुष तथा महिला पावर लिफ्टिङ प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक स्पोर्टस् क्यासल प्रालि कास्कीले असोज १३ गते सोमबारदेखि सञ्चालन हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।
प्रतियोगिता संयोजक तथा स्पोर्टस् क्यासलका सञ्चालक अनमोल पालिखेले आगामी (असोज) १३ गते क्यासलमै प्रतियोगिता गर्न लागेको जानकारी दिए । उनले पुरुषतर्फ ५ र महिलातर्फ २ तौल समूह गरी ७ तौल समूहबीच प्रतियोगिता गरिने बताए । उनका अुनसार पुरुषतर्फ यु–६१ केजी, ६१–७३, ७३–८९, ८९–१०२, १०२–१०९ र महिलातर्फ ६४ केजीमुनि र माथिका खेलाडीबीच प्रतिस्पर्धा हुनेछ ।
उनले उक्त प्रतियोगिताबाट ओभरअल च्याम्पियन बन्ने पुरुष तथा महिला खेलाडीलाई २० हजार, ट्रफी, प्रमाणपत्र तथा आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने बताए ।
संयोजक पालिखेले पुरुष तथा महिलातर्फ प्रत्येक तौल समूहमा प्रथम हुनेले नगद ५ हजार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय र तृतीय हुने खेलाडीले क्रमश मेडल, प्रमाणपत्रसहित ३ हजार र २ हजार नगद प्राप्त गर्नेछन् ।
प्रतियोगितामा पोखरा बाहिरका क्लबबाट करिब ५० भन्दा बढी खेलाडी सहभागी हुने उनले बताए ।
क्यासलका सञ्चालक तथा पूर्व राष्ट्रिय फुटबल खेलाडी ईश्वर गुरुङ (चन्द्र) ले खेलकुद क्षेत्रको प्रवद्र्धन गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गरेको बताए । उनले स्थानीय तहबाट नै खेलाडी उत्पादन तथा प्रोत्साहन गरी राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरसम्मका प्रतियोगितामा खेलाडीलाई समावेश गर्ने उद्देश्य रहेको बताए ।
उनले आफ्नो क्यासलको पहिलो कार्यक्रममका रुपमा पावर लिफ्टिङ प्रतियोगिता आयोजना गरिएको बताउँदै खेलाडीको हौसलाका लागि आगामी दिनमा व्यायामसँग सम्बन्धित प्रतियोगिता आयोजना गर्नेसमेत जानकारी दिएका थिए ।
अन्तर्राष्ट्रिय स्तरको फुटसल, व्यायामशाला, साउना एन्ड स्टिम, पावर लिफ्टिङ प्रशस्त पार्किङको सुविधा रहेको क्यासलमा ८ युवाको लगानी छ ।







भद्रकाली माविद्वारा आयोजित गणित हाजिरी जवाफमा भद्रकालीकै समूह प्रथम
बाढीपहिरो र आन्दोलनबाट ठूलो बीमा दावी: असोजको क्षति ३.७८ अर्ब, भदौको आन्दोलनबाट २३.२३ अर्ब
पूर्वसांसद मोहम्मद अफताब आलमको निधन
सरकारले थाल्यो आफ्नै लाइसेन्स छपाइ: २८ लाख कार्ड छाप्ने चुनौती
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया