शुभ सिद्धार्थ सहकारीको सभा

पोखरा ।
शुभ सिद्धार्थ बचत तथा ऋण सहकारी संस्थाको १७ औं वार्षिक साधारण सभा शनिबार भएको छ । साधारण सभाबाट सहकारीका अध्यक्ष विनोदप्रसाद श्रेष्ठले प्रस्तुत गरेको प्रगति प्रतिवेदन, कोषाध्यक्ष उमाकुमारी ठकुरीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन, अनुमानित आय व्यय विवरण पारित भएको छ ।
लेखा सुपरिवेक्षण समितिका संयोजक सोमत लिगलले प्रस्तुत गरेको लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन र लाभांश वितरण अनुमोदन प्रस्तावमा छलफल गरी साधारण सभाले पारित गरेको छ ।
उक्त साधारण सभामा सेयरधनी सदस्य रामप्रसाद श्रेष्ठ, ज्ञानेश्वरराज श्रेष्ठ, पार्वती श्रेष्ठ माकाजु र सुशीलकुमार श्रेष्ठले उक्त प्रतिवेदनमा जिज्ञासा राखी छलफलमा सहभागी भएका थिए ।
सो अवसरमा शुभकामना मन्तव्य सल्लाहकार एवं सिद्धार्थ क्लबका अध्यक्ष देवेन्द्र पराजुलीले राखेका थिए । उपाध्यक्ष गणेशलाल श्रेष्ठले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रमको सञ्चालन सचिव सचिन श्रेष्ठले गरेका थिए ।









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया