सेभेनलेक सहकारीको १० औं साधारण सभा

समाधान संवाददाता २०८१ पुष २८ गते १५:५९

लेखनाथ ।
कास्कीको पोखरा महानगरपालिका वडा नं. २६ को बुढीबजारमा रहेको सेभेनलेक कृषि सहकारी संस्थाको १०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

Advertisement


सहकारीको १०औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै कास्की बचत तथा ऋण सहकारी संघका अध्यक्ष शेरबहादुर कार्कीले सरकारले ल्याएको सहकारी अध्यादेश व्यावहारिक नभएको धारणा व्यक्त गर्दै पछिल्लो समय केही सहकारीमा देखिएको समस्याका कारण समग्र सहकारी क्षेत्रलाई असर परेको तर सबैमा त्यो समस्या नरहेको विचार राखे ।


कार्यक्रममा संस्थाका सल्लाहकार सोमलाल कँडेलले नेपाल कृषि प्रदान देश भएर पनि सरकारले तल्लो वर्गका किसानलाई माथि उठाउने खालका योजना ल्याउनु पर्ने सुझाव दिएका थिए ।

पोखरा महानगरपालिका वडा नं. २६ का वडासदस्य लक्ष्मी भटराई र जल्धारे बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष विश्वराज अधिकारीले कृषि उत्पादनले मात्र देशको आर्थिक अवस्थालाई सुधार गर्न सक्ने र जनताको आय स्तरमा पनि सुधार हुने भएकाले सहकारीले अब पैसा बेचेर होइन, सेवा र वस्तु बचत गर्ने योजना बनाउनु पर्नेमा जोड दिएका थिए ।


सस्थाका अध्यक्ष रामचन्द्र तिमिल्सेनाको अध्यक्षतामा भएको कार्यक्रममा सचिव सुविन तिमिल्सेनाले सञ्चालन गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष कुशराज तिमिल्सेना र आर्थिक प्रतिवेदन कोषाध्यक्ष कृष्ण अधिकारीले राखेका थिए ।

Advertisement

कार्यक्रममा उत्कृष्ट कारोबार तर्फ सोमलाल कडेल, उत्कृष्ट कर्मचारीमा रञ्जिता ढुगाना, ज्येष्ठ सेयर सदस्य सन्तबहादुर जिसी, उत्कृष्ट बचतकर्तामा चन्द्रबहादुर लामिछाने, सूर्यबहादुर भुजेल र नियमित बचतकर्तामा श्रीप्रसाद अधिकारीलाई सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया