पोखराको फूलबारीमा आँखा तथा दन्त शिविर

पोखरा । फूलवारी क्लब पोखरा ११ ले निशुल्क आँखा शल्यक्रिया शिविर तथा दन्त परीक्षण आयोजना गरेको छ । कार्यक्रममा पोखरा ११ का वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्यले क्लबले गर्ने गरेका सामाजिक कार्यको प्रशंसा गरे ।
श्रीकृष्ण नेत्रालय प्रालिका वरिष्ठ नेत्ररोग विशेषज्ञ डा अमृत बास्तोलाले जन्मे, हुर्केको ठाँउमा आएर सेवा गर्न पाँउदा आनन्दित भएको सुनाए । दृष्टि आँखा हस्पिटलका अध्यक्ष शिवजी घिमिरेले शिविरमा शल्यक्रिया गर्नुपर्ने देखिए पनि विविध कारणले शल्यक्रिया हुन नसकेका बिरामीको क्लबको सिफारिसमा निशुल्क शल्याक्रिया गरिदिने वाचा गरे ।
तीन दिने शिविरमा ४ सय जनाले आँखा र दाँत जचाएका थिए । २२ जनामा मोतियाविन्दु र ८ जना आँखामा मासु पलाएका बिरामी गरी जम्मा ३० जनाको निशुल्क शल्याक्रिया गरिएको थियो ।
क्लब अध्यक्ष मनोज बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा उच्च अदालतका पूर्व न्यायाधीश बलभद्र बास्तोला, क्लबका पूर्व अध्यक्ष माधवप्रसाद बास्तोला मधु, क्लबका सचिव युवराज बास्तोला गान्धी, उपाध्यक्ष जनार्दन बास्तोला लगायतले बोलेका थिए ।









कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
कांग्रेसको आन्तरिक किचलो उत्कर्षमा : महामन्त्रीद्वयले बोलाए पुस २७ मा विशेष महाधिवेशन
जलाउने र ठग्नेको मिलाई
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया