धादिङ–पोखरा लेखनाथ समाजमा प्रेम

लेखनाथ ।
धादिङ जिल्लाबाट विभिन्न पेशा, व्यवसायको सिलसिलामा पोखराको लेखनाथ क्षेत्रमा बसोबास गर्नेहरुको साझा संस्था धादिङ पोखरा लेखनाथ कल्याणकारी समाजको चौथो अधिवेशनले प्रेम दवाडीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।
समाजको शनिबार भएको आठौं वार्षिक साधारण सभा तथा अधिवेशनले वरिष्ठ उपाध्यक्षमा मिस्टर रोक्का, उपाध्यक्ष हरि दवाडी, महासचिवमा दुर्गा दवाडी, सचिवमा संगीता रानामगर, कोषाध्यक्षमा किरण नेपाली र सहकोषाध्यक्षमा मंगल दवाडी छन् ।
समितिका सदस्यमा दिनेश ढकाल, फूलमाया नेपाली र शम्भु गैरे छन् । सभामा पोखरा २६ का वडा सदस्य तीर्थबहादुर राजभाटले सामूहिक रुपमा काम गर्नु नै संस्थाहरुको शक्ति भएको बताए ।
समाजका अध्यक्ष बुद्धराज बस्यालको अध्यक्षतामा भएको कार्यक्रममा धादिङ पोखरा सम्पर्क समाजका अध्यक्ष सरस्वती श्रेष्ठ, संस्थापक अध्यक्ष तेजबहादुर बस्याल, समाजका परिकल्पनाकार गोपाल नेपाली, रामचन्द्र सेडाई, पत्रकार कविराज खनाल लगायतले बोलेका थिए ।









कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
कांग्रेसको आन्तरिक किचलो उत्कर्षमा : महामन्त्रीद्वयले बोलाए पुस २७ मा विशेष महाधिवेशन
जलाउने र ठग्नेको मिलाई
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया