एमाले केन्द्रीय सदस्य किशोरविक्रम मल्ल बैंकिङ कसुरको आरोपमा पक्राउ

पाेखरा ।
नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का इन्चार्ज एवं एमाले केन्द्रीय सदस्य किशोरविक्रम मल्ललाई बैंकिङ कसुरको आरोपमा पक्राउ गरिएको छ। मल्ललाई सोमबार पक्राउ गरी महाराजगन्ज प्रहरी वृत्तमा राखिएको छ।
मल्लविरुद्ध एमालेकै केन्द्रीय सदस्य पुष्पराज पहराईले २० लाख ५० हजार रुपैयाँको चेक अनादर गरेको आरोपमा जाहेरी दिएका थिए। पहराईले दिएको जाहेरीपछि अदालतबाट पक्राउ अनुमति लिएर प्रहरीले मल्ललाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार मल्लले पहराईलाई दिनुपर्ने २० लाख ५० हजार रुपैयाँको चेक दिए पनि खातामा पर्याप्त रकम नभएको कारण चेक अनादर भएको थियो। यता, मल्लले भने आफूले उक्त रकम भुक्तानी गरिसकेको दाबी गरेका छन्। प्रहरीले प्रारम्भिक अनुसन्धान जारी राखेको र थप निर्णय अनुसन्धानपछि लिइने जनाएको छ।
किशोरविक्रम मल्ल २०७० सालको निर्वाचनमा तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओलीको समूहबाट अनेरास्ववियुको अध्यक्षमा निर्वाचित भएका थिए।









कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
कांग्रेसको आन्तरिक किचलो उत्कर्षमा : महामन्त्रीद्वयले बोलाए पुस २७ मा विशेष महाधिवेशन
जलाउने र ठग्नेको मिलाई
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया