हिसान गण्डकी अध्यक्ष शर्मालाई मातृशोक

पोखरा । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) गण्डकी अध्यक्ष एवं न्यु ग्यालेक्सी स्कुलका प्राचार्य डा रामजी शर्मालाई मातृशोक परेको छ । उनकी आमा पार्वती शर्माको ९२ वर्षमा सोमबार राति निधन भएको हो ।
रक्तचाप बढेर मणिपाल शिक्षण अस्पतालमा १ साता उपचार गरी घरमा ल्याएपछि उनको निधन भएको हो । उनका पति पति शुकदेवको यसअघि नै निधन भइसकेको छ । स्याङ्जाको साविक चण्डिकालिका र हाल पुतलीबजार १४ घर भएको शर्मा परिवार अहिले पोखरामै छ । पार्वतीका ३ छोरा, १ छोरी र १० नातिनातिना छन् ।
जेठा छोरा महदत्त शर्मा वरिष्ठ कृषि इन्जिनियर हुन् । माइला छोरा ओम शर्मा पोखरा विमानस्थलका पूर्व इन्चार्ज हुन् । कान्छा छोरा डा रामजी शर्मा र छोरी सीता देवकोटा हुन् । पार्वतीको मंगलबार बिहान शान्तिघाटमा अन्त्येष्टि गरिएको छ ।
हिसान गण्डकीले अध्यक्ष शर्माकी आमाको निधनप्रति दुःख व्यक्त गरेको छ । संस्थाका सचिव डिल्लीराम अधिकारीले शोक विज्ञप्ति जारी गर्दै पार्वतीको निधनले हिसान परिवार मर्माहत भएको उल्लेख गरेका छन् । हिसान कास्की अध्यक्ष दिवाकर जैसीले पनि संस्थाका सल्लाहकार डा रामजीकी आमाको निधनमा समवेदना व्यक्त गरेका छन् ।








कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
कांग्रेसको आन्तरिक किचलो उत्कर्षमा : महामन्त्रीद्वयले बोलाए पुस २७ मा विशेष महाधिवेशन
जलाउने र ठग्नेको मिलाई
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया