ट्यालेन्ट क्वेस्टकाे उपाधि एलिसालाई

समाधान संवाददाता, पोखरा
फेवा डान्सिङ एकेडेमी पोखराको आयोजनामा भएको ट्यालेन्ट क्वेस्ट गण्डकी सिजनको उपाधि एलिसा गुरुङले जितेकी छन् । पोखरा उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न ग्रान्ड फिनालेमा पोखरा १३ माटेपानीकी एलिसाले १५ प्रतिस्पर्धीलाई पछि पार्दै पहिलो संस्करणको उपाधी चुमेकी हुन् ।
प्रतियोगितामा सृष्टि राइभाट फस्ट रनरअप, खुसी गुरुङ सेकेन्ड रनरअप र आकांक्षा गुरुङ थर्ड रनरअपको उपाधि चुम्न सफल भए । प्रतियोगितामा भ्युअर च्वाइस अवार्ड ५ वर्षकी प्रतिस्पर्धी रीतिशा श्रेष्ठ र बेस्ट कोरियोग्राफीमा सजना गुरुङले जित हासिल गरेका थिए । प्रतियोगितामा प्रथमले ३० हजार, द्वितीयले २० हजार र तृतीयले १० हजारसहित प्रमाण–पत्र, म्युजिक भिडियो, जोमसोम प्याकेज तथा अन्य आकर्षक गिफ्ट ह्याम्पस पुरस्कार प्राप्त गरेका छन् ।
प्रतियोगितामा समापनमा गण्डकी प्रदेशका सांसद इन्द्रधारा विष्ट, हिमाली सांंस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङ, नृत्य निर्देशक गोरे गुरुङ, अमन तामाङ, राहुल थापामगर, युवराज गुरुङ र लब्सन गुरुङ, फेवा डान्स एकेडेमीका अध्यक्ष प्रविन मगर लगायतले बोलेका थिए ।







कर्मचारी सहकारी संस्थामा पदमबहादुर घिमिरे
त्रिवेणी इन्टरनेशनल कलेजको १० औँ वार्षिक साधारण सभा : शिक्षामा शैक्षिक विधि र प्रविधिको प्रयोग आवश्यक
भद्रकाली माविमा कक्षा ११ का विद्यार्थीलाई स्वागत
हिमपातले मुस्ताङका याकचौँरी बेँसीमा सारिए
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया