स्वास्थ्य बीमा बोर्ड निर्देशक बसौलालाई पितृ शोक
समाधान संवाददाता
२०८१ माघ ५ गते १४:२१
पोखरा । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई पितृ शोक परेको छ । उनका पिता भोजराज बसौलाको शनिबार रुपा गाउँपालिका ५ स्थित आफ्नै घरमा निधन भएको हो ।
साविकको देउराली गाविस ९ का वडाध्यक्ष भएर काम गरिसकेका स्व. भोजराजका ६ जना छोरा छन् । उनका माईला छोरा डा. दामोदर अहिले बोर्डमा कार्यकारी निर्देशक छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया