पावर लिफ्टिङ उपाधि हसन र ज्योतिलाई

समाधान संवाददाता २०७६ असोज १५ गते १२:२६

समाधान संवाददाता, पोखरा

स्पोर्टस क्यासल प्रालि कास्कीले आयोजना गरेको क्लब स्तरीय पावर लिफ्टिङ प्रतियोगिताको उपाधि रानीपौवा स्पोर्टस् सेन्टरका ज्योति थापा र हसन गुरुङले जितेका छन् ।

पोखरामा सोमबार सम्पन्न पहिलो संस्करणको पावर लिफ्टिङ प्रतियोगिताको ओभरअलमा महिलातर्फ थापा र पुरुषतर्फ गुरुङले उपाधि जितेकी हुन् । उपाधिसँगै थापा र गुरुङले जनही नगद रु २० हजार, ट्रफी, प्रमाणपत्र तथा आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरे ।

Advertisement

पुरुषतर्फको ७३ केजी तौल समूहसम्ममा पावर जिम तालचोकका सुजन आले प्रथम बन्दै नगद ५ हजार रुपैयाँ, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरे । द्वितीय बनेका रानीपौवा स्पोर्टस् सेन्टरका आशिश गुरुङ र तृतीय बनेका दि जायन्ट फिटनेसका निरज केसीले मेडल, प्रमाणपत्रसहित क्रमश ३ हजार र २ हजार हात पारे ।

८९ केजी तौल समूहसम्मतर्फ रानीपौवा स्पोर्टस् सेन्टरका हसन गुरुङ च्याम्पियन बन्दै नगद ५ हजार रुपैयाँ, ट्रफी, मेडल तथा प्रमाण पत्र प्राप्त गरे । त्यस्तै द्वितीय बनेका पावर जिमका राजेश सुवल र तृतीय बनेका दि जायन्ट फिटनेसका राजेन छन्त्यालले मेडल, प्रमाणपत्रसहित क्रमश ३ हजार र २ हजार हात पारे ।

Advertisement

१०२ केजी तौल समूहतर्फ पावर जिमका आशिश आले मगर बिजेता बन्दै नगद ५ हजार रुपैयाँ, ट्रफी, मेडल तथा प्रमाण पत्रको हकदार बने । द्वितीय बनेका सोही जिमकै सुवर्ण विक र तृतीय बनेका रत्नश्री जिमका राजन श्रेष्ठले मेडल, प्रमाणपत्रसहित क्रमश ३ हजार र २ हजार हात पारे ।

म्हिला महिला तर्फको ६४ केजीसम्म तौल समूहमा रानीपौवा स्पोर्टस् सेन्टरका ज्योति थापा विजेता बन्दै नगद ५ हजार रुपैयाँ, ट्रफी, मेडल तथा प्रमाण पत्रको हकदार बनिन् । त्यस्तै द्वितीय बनेकी सोही जिमकै टिना पुन र तृतीय बनेकी व्यायामशालाकी पूनम बोम्जनले मेडल, प्रमाणपत्रसहित क्रमश ३ हजार र २ हजार हात पारिन् ।

६४ केजी बढी तौल समूहतर्फ पावर जिम तालचोककी सीमा गुरुङ बिजेता बन्दै नगद ५ हजार रुपैयाँ, ट्रफी, मेडल तथा प्रमाण पत्रको हकदार बनिन् । द्वितीय बनेकी सोही पावर जिम शिवचोचककी दिवा राना र तृतीय बनेकी रानीपौवा स्पोर्टस् सेन्टरकी मनीषा श्रेष्ठले मेडल, प्रमाणपत्रसहित क्रमश ३ हजार र २ हजार हात पारिन् ।

प्रतियोगिताबाट पुरुषतर्फ सर्वाधिक डेडलिफ्ट गर्दै पावर जिमका आशिश आले मगर, स्क्वायटमा सर्वाधिक लिफ्ट गर्दै दि जायन्ट फिटनेसका राजेन छन्त्याल र बेन्चप्रेसमा सर्वाधिक लिफ्ट गर्दै पावर जिम तालचोकका राजेश सुवल पुरस्कृत बने ।

महिलातर्फ सर्वाधिक डेडलिफ्ट गर्दै पावर जिम शिवचोककी दिवा राना, स्क्वायट र बेन्चप्रेसमा सर्वाधिक लिफ्ट गर्दै रानीपौवा स्पोर्टस् सेन्टरकी ज्योति थापा पुरस्कृत बनिन् ।

प्रतियोगितामा मुख्य निर्णायक सञ्जय महर्जनको संयोजकत्वमा रहेको १७ सदस्यीय निर्णायक टोली थियो ।

विजेता तथा उपबिजेता खेलाडीलाई समापन कार्यक्रमका राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेशकुमार गुरुङ, लोकतान्त्रिक खेलकुदका केन्द्रीय अध्यक्ष देवेन्द्र शेरचन, बगर भाइखलकका अध्यक्ष दिलकाजी गुरुङ, बडिबिल्डिङ संघ कास्कीका अध्यक्ष राजुकुमार थापा, क्यासलका सञ्चालक ईश्वर गुरुङ, विजया गुरुङ, चन्द्रमान गुरुङ, अनमोल पालिखे र पवन गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।

कास्की जिल्ला भारत्तोलन संघको प्राविधिक सहयोगमा सम्पन्न उक्त प्रतियोगितामा हास्यकलाकार दीपक थापामगर लगायतले विविध सांस्कृतिक नृत्यसमेत प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया