प्रहरीलाई नै ठग्ने प्रहरी !

सुरेशराज अधिरकारी
पोखरा
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी जवान विनोद परियार डेढ महिनादेखि फरार छन् । प्रहरी संगठनले परियारलाई महिना दिन अघि नै निलम्बन गरेको छ । यतिमात्र होइन, उनका नाममा पक्राउ पुर्जीसमेत जारी भइसकेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीमा परियार विरुद्ध ठगी गरेको उजुरी परेको र लामो समयसम्म बिदा नमागी कार्यालयमा हाजिर नभएका कारण निलम्बन गरिएको हो । परियार प्रहरीको सूचीकार शाखामा कार्यरत थिए । १ व्यक्तिलाई जग्गा देखाएर बैना बापत लिएको १० लाख रुपैयाँ फिर्ता नगरी अर्कै व्यक्तिलाई जग्गा पास गराएर ठगी गरेको उजुरी परेको डिएसपी राजकुमार केसीले बताए ।
परियारले कास्की जिल्लाभित्रको जग्गा देखाएर विभिन्न व्यक्तिलाई ठगी गरेको कास्की प्रहरीमा मौखिक उजुरी परेका छन् भने परियारले जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरीलाई नै ठगी गरेको प्रहरी स्रोतको दाबी छ । परियारले विभिन्न बाहाना बनाउँदै प्रहरीबाट नै २५ हजारदेखि ४० लाख रुपैयाँसम्म ठगी गरेको प्रहरीले जनाएको छ । उनले अहिलेसम्म करोडौं रुपैयाँ ठगी गरेको प्रहरी स्रोतको दाबी छ । प्रहरीबाट प्रहरी नै ठगिएको कारण प्रहरीले उजुरी नदिएको प्रहरी स्रोतले बताएको छ ।
परियारले जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरीलाई जग्गा बेच्ने भन्दै बैना बापत रकम लिएका थिए । एउटै जग्गा देखाएर परियारले ५ जनाभन्दा बढीलाई बैना कागज गरेको भेटिएको स्रोतको दाबी छ । उनले केही व्यक्तिसँग विजयपुरमा रहेको भटेरिनरी एग्रोलाई देखाएर पैसा लिएका छन् । उनले जिल्ला प्रहरी कार्यालय कास्की, विभिन्न वडा प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालय गण्डकी, संघीय प्रहरी कार्यालय लगायतका प्रहरी कार्यालयमा कार्यरत प्रहरीसँग पनि पैसा मागेको प्रहरी स्रोतको दाबी छ । उनले केही वर्षदेखि पोखरा वपिरपरि जग्गा कारोबार गर्दै आएको प्रहरीले जनाएको छ ।
परियारले अन्दाजी ४५ दिन अघिबाट मोबाइल अफ गरेर फरार रहेको प्रवक्ता केसी बताउँछन् । केसीका अनुसार उनी ड्युटीबाट नै बिदा नलिई फरार भएका थिए ।
प्रहरी स्रोतका अनुसार प्रहरी संगठनभित्र उनी असल र इमान्दार थिए । एकपटक उनी उत्कृष्ट काम गरेका कारण संगठन भित्रै सम्मानित भएका थिए तर पछल्लो समयमा व्यवहार बिग्रँदै गएका कारण यस्तो भएको हुनसक्ने स्रोतले बताएको छ ।









राजनीतिमा होमिए पूर्व उपरथी बाबुराम श्रेष्ठ
पोखरा महोत्सवको तयारी पुरा
कांग्रेसमा कम्युनिस्ट गन्ध आयो, अब ‘कम्युनिस्टमुक्त कांग्रेस’ चाहिन्छ : शुक्रराज शर्मा
खौलालाँकुरीमा आँखा शिविर : ३१९ जनाले लिए सेवा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया