स्वास्थ्यका लागि मासु र सावधानी प्रशिक्षण

समाधान संवाददाता, पोखरा
कस्केली अधिकृत समाज कास्कीद्वारा दसैं र तिहारको उपलक्ष्यमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा स्वास्थ्यका लागि मासु र सावधानी विषयमा डाक्टरद्वारा विषेश जानकारी दिइएको छ ।
पशुसेवा तालीम केन्द्र पोखराका तालिम प्रमुख डा. दीर्घनाथ ढुंगानाले नेपालीहरुले चाडपर्वमा सामान्य भन्दा बढी मासु खाने भएकाले साबधानी अपनाउनु पर्ने आईतबार भएको कार्यक्रममा बताए ।
डा. ढुंगानाले स्वास्थका लागि मासु र सावधानी विषयमा प्रशिक्षण दिँदै ताजा, स्वस्थ मासु दैनिक बढीमा सय ग्राम र हप्तामा ५ सय ग्राम मानिसलाई अवश्यक पर्ने जानकारी गराए । ‘अन्य खाद्यान्नको तुलनामा मासु पचाउन धेरै इनर्जी खर्च लाग्ने हुँदा टाउको दुख्ने, हड्डी कमजोरको समस्याहरु हुन्छ,’ उनले भने ।
स्थापनाकालदेखि नै वार्षिक रुपमा विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएको समाजले ७ वर्षदेखि विभिन्न विषयमा विज्ञता हासिल गरेका अधिकृतहरुले लेखेका लेखहरु अधिकृत आवाजमामार्फत प्रकाशन गर्दै आएको छ । संस्थामा ४ सयभन्दा बढी सदस्य रहेको सचिव लोकनाथ दवाडीले वताए ।
कास्की जिल्लाभित्र स्थायी घरबास भएका वा अन्य जिल्लाबाट कास्की जिल्लामा स्थायी रुपले बसाइ सरी घरबास गरी बसेका नेपाल सरकार वा नेपाल सरकारको स्वामित्वमा रहेका कार्यालय वा संघसंस्थानमा कार्यरत अधिकृतस्तरका कर्मचारीलाई एकताको सूत्रमा आवद्ध गर्ने उद्देश्यले २०६२ सालमा कस्केली अधिकृत समाज स्थापना गरिएको अध्यक्ष दुर्गाबहादुर शाह बाबाले बताए ।
समाजका संस्थापक अध्यक्ष कृष्णकान्त सिग्देल, स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष कृष्णप्रसाद बास्तोला, समाजका सल्लाहकारहरु भगवान पन्त, प्रेमप्रसाद गौतम, विष्णुप्रसाद बराल, शिवहरि शर्मा लगायतले शुभकामना मन्तव्य राखेका थिए । समाजका अध्यक्ष दुर्गाबहादुर शाह बाबाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष चन्द्रबहादुर सुवेदीले र संचालन सचिव लोकनाथ दवाडीले गरेका थिए ।









राजनीतिमा होमिए पूर्व उपरथी बाबुराम श्रेष्ठ
पोखरा महोत्सवको तयारी पुरा
कांग्रेसमा कम्युनिस्ट गन्ध आयो, अब ‘कम्युनिस्टमुक्त कांग्रेस’ चाहिन्छ : शुक्रराज शर्मा
खौलालाँकुरीमा आँखा शिविर : ३१९ जनाले लिए सेवा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया