सन्तोषको नेतृत्वमा कोरियन भाषा संघ

पोखरा ।
नेपालमा कोरियन भाषा सिकाउने संस्थाहरु संगठित भएका छन् । पोखरामा २ दिनसम्म भएको प्रथम राष्ट्रिय भेलाले सन्तोष पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा जगन्नाथ न्यौपाने, नारायण थापा (निशान्त), सपराज राई, सचिवमा योजेन्द्र वाग्ले, सहसचिव हरि कँडेल, उदयराम जैसी र रुद्र फुँयाल रहेका छन् भने कोषाध्यक्षमा टंकप्रसाद चयन भए ।
सदस्यमा जयराम आचार्य, यामप्रसाद पाण्डे (आशीष), जीवनकुमारी राई, सुशीलप्रसाद कुसवाहा र प्रकाश नेपाली रहेको निर्वाचन मण्डलका संयोजक रामचन्द्र लामिछानेले जानकारी दिए ।
कोरियन भाषा प्रशिक्षण गराउने संस्थाको क्षमता जिकास गर्ने, हकहितको संरक्षण गर्ने तथा कोरियन भाषा प्रशिक्षणलाई व्यवस्थित बनाउने उद्देश्यले नयाँ कार्यसमिति चयन गरिएको नवनिर्वाचित उपाध्यक्ष थापाले बताए । राष्ट्रिय विश्व भाषा क्याम्पस कोरियन भाषा विभाग प्रमुख थानेश्वर बन्जाडेले उद्घाटन गरेका थिए । बन्जाडेले कोरियन भाषा प्रशिक्षण केन्द्रले पुर्याएको योगदानको प्रशंसा गरे ।









कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
कांग्रेसको आन्तरिक किचलो उत्कर्षमा : महामन्त्रीद्वयले बोलाए पुस २७ मा विशेष महाधिवेशन
जलाउने र ठग्नेको मिलाई
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया