स्कुललाई रोटरी पोखरा लेकसाइडको साथ

पोखरा । रोटरी क्लब अफ पोखरा लेकसाइडले पोखरा महानगरपालिका वडा नं. २१ मा रहेको युवा वर्ष आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि स्वेटर, सर्ट र पाइन्ट वितरण गरेको छ ।
विद्यालयमा आयोजित कार्यक्रममा क्लव अध्यक्ष उपेन्द्र अधिकारीले ती सामग्री विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा पोखरा महानगरपालिका वडा नं. २१ का अध्यक्ष दीपकप्रसाद सुवेदीलाई हस्तान्तरण गरे । क्लवका अध्यक्ष अधिकारीले व्यक्तिगत खर्चबाट विद्यार्थीलाई जुत्तासमेत सहयोग गर्ने घोषणा गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा अध्यक्ष सुवेदीले सहयोग दाताहरुलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता सहयोगमा निरन्तरता दिन अनुरोध गरे । विद्यालयका पूर्व विद्यार्थी महेश्वर भण्डारीले विभिन्न सहयोगी दाताको खोजी गर्ने क्रममा क्लवले सहयोगको अनुरोध स्वीकार गरेकोमा खुसी व्यक्त गरे ।
विद्यालयसँग समन्वय गर्दै हाल विद्यालयमा रहेका विद्यार्थीको आवश्यकता अनुरुप नै सहयोग गरिएको कार्यक्रम संयोजक तथा क्लवका सचिव सुवास मल्लले सुनाए । क्लबले ५० हजार बराबरका सामग्री हस्तान्तरण गरेको कोषाध्यक्ष आमोद कोइरालाले जानकारी दिए । सो कार्यका लागि क्लवले आफ्नो कोष र महेन्द्रपुलस्थित मथुरा साहुको पसलबाट सहयोग रकम जुटाएको क्लवका आगामी वर्षका अध्यक्ष ई. राजेन्द्र लिगलले जनाए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद पहारीले पनि बोलेका थिए ।









भद्रपुरमा बुद्ध एयरको जहाज दुर्घटना : को–पाइलटसहित ७ जना घाइते, ६ जना घर फर्किए
कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया