बिएमजीको वार्षिकोत्सवमा सम्मान

लेखनाथ । पोखरा महानगरपालिका वडा नं २९ को पावरहाउसमा रहेको बिएमजी माध्यामिक विद्यालयको ३४ औं वार्षिकोत्सवमा शिक्षक तथा कर्मचारीलाई सम्मान गरिएको छ । शनिबार भएको ३४ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोहमा विद्यालयमा १० वर्षदेखि २० वर्षसम्म सेवा गरेका १३ शिक्षक तथा कर्मचारीलाई दीर्घ सेवा पदक प्रदान गरिएको छ ।
कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड अध्यक्ष महाश्रम शर्माले शिक्षालाई ज्ञान र सीपसँग जोडेर विद्यार्थीलाई स्वदेशमै रहने वातावरण सृजना गर्न सक्नुपर्नेमा जोड दिए । उनले विद्यार्थीले कक्षा १२ पास गरेपछि स्वदेशमा नै केही गरुन् भन्ने हो तर यो परिस्थिति कसरी आयो भनी चिन्तन गर्नुपर्नेमा जोड दिए ।
सोही अवसरमा उच्च शिक्षा परिषदका सदस्य सचिव भीमलाल गुरुङले विद्यार्थीमा देखिएको विदेशमा पढाइप्रतिको आकर्षण कम गर्न स्वदेशमै गुणस्तरीय शिक्षा र शिक्षापछि आकर्षक अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव सूर्यप्रसाद गौतमले समय सुहाउदो शिक्षा नीति ल्याउनुपर्नेमा जोड दिए ।
हिसान कास्की अध्यक्ष दिवाकर जैसीले वर्तमान परीक्षा प्रणाली नै गलत भएको जिकिर गर्दै यसलाई परिमार्जन गर्नुपर्ने विचार राखे । कार्यक्रममा पोखरा महानगरपालिका वडा नं २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङ, प्याब्सन केन्द्रीय सदस्य प्रेमप्रसाद शर्मा, मणिपाल अस्पतालका प्राडा इमामुयल सेलभाम, अभिभावक प्राडा आनन्द ढुंगाना र विद्यार्थी लिजा सुर्खाली, प्राचार्य धनराज सापकोटा लगायतले बोलेका थिए ।
विविध सांस्कृतिक कार्यक्रमसहित भएको वार्षिकोत्सवमा गत शैक्षिक सत्रमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृतसमेत गरिएको थियो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष इन्दिरा गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्राचार्य युवराज गुरुङले वार्षिक कार्यक्रम र भावी योजनाबारे प्रकाश पारे ।









पोखरामा पल्सर स्पोर्ट्स अवार्डको तयारी पूरा : पहिलोपटक उपत्यकाबाहिर हुँदै, विश्वकप ट्रफी प्रदर्शन
काठमाडौं महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाले पाए भ्रष्टाचार मुद्दामा सफाइ
नाटक ‘मृत्यु यस्तो हुनुहुँदैन’ मञ्चनको तयारी
रामकोटमा पोखरा मिडटाउनको शिविर
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया