गण्डकी विश्वविद्यालय विधेयक प्रमाणीकरण

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले ‘गण्डकी विश्वविद्यालयको स्थापना व्यवस्थापन र सञ्चालन गर्न बनेको विधेयक’ सोमबार प्रमाणीकरण गरेका छन् । गण्डकी प्रदेश सभाले पारित गरेको उक्त विधेयकलाई प्रदेश प्रमुख कुँवरले सोमबार प्रमाणीकरण गरेका हुन् ।
विधेयकलाई असोज ८ गते बसेको प्रदेश सभाको बैठकले पारित गरेको थियो । पारित भएको विधेयकलाई असोज १४ गते गण्डकी प्रदेश सभा सचिवालयले प्रमाणिकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा पठाएको थियो । प्रदेश प्रमुख कुँवरले सोमबार नै ५ प्रति विधेयकमा हस्ताक्षर गरी प्रमाणीकरण गरेका थिए ।
नेपालको संविधान धारा २०१ को उपधारा २ बमोजिम प्रदेश प्रमुखले विधेयक प्रमाणीकरण गरी त्यसको सूचना यथासम्भव चाँडो प्रदेश सभालाई दिनुपर्ने व्यवस्था छ । सोही धाराको उपधारा ५ को व्यवस्था बमोजिम प्रदेश प्रमुखबाट प्रमाणीकरण भएपछि विधेयक ऐन बन्छ ।
गण्डकी प्रदेश प्रमुखको कार्यालयका शाखा अधिकृत सुरणप्रसाद शर्मा पौडेलका अनुसार प्रदेश प्रमुख कुँवरले प्रमाणीकरण भएको विधेयकको १ प्रति प्रदेश प्रमुखको कार्यालयमा राखिएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, प्रदेश सभाको सचिवालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय संघीय कानुन तथा संसदीय व्यवस्था मन्त्रालयमा १÷१ प्रति पठाइएको छ ।









पोखरा बहुमुखीमा नयाँ सञ्चालन समितिका पदाधिकारीलाईं बधाई
भीरकोट सामीप्य समाजले सञ्चालन गरेको मुनाकृष्ण पुरस्कारबाट ४ सम्मानित
पोखरामा ‘बुकहिल बुकाञ्जा’ विचार, साहित्य र संगीतको उत्सव
कास्कीमा नागरिकताभन्दा पासपोर्ट लिने बढी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया