प्रदेशस्तरीय जुनियर युवा रेडक्रस गोष्ठी सुरु

पोखरा । नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशको आयोजना, कास्की जिल्ला रेडक्रस सोसाइटीको व्यवस्थापन तथा नेपाल जुनियर युवा रेडक्रस सर्कल रतनपाण्डे माध्यमिक विद्यालय, पोखरा१३ आर्बाको आतिथ्यतामा ३ दिवसीय चौथो गण्डकी प्रदेश स्तरीय गोष्ठी बिहीबारबाट सुरु भएको छ ।
बिहीबारदेखि सुरु भएको गोष्ठी गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले उद्घाटन गरे । कार्यक्रममा गण्डकी प्रदेशका जुनियर तथा युवा रेडक्रस सर्कलका ११ वटै जिल्लाका प्रतिनिधिले सहभागिता जनाएका छन् । गोष्ठीको सुरुवात हुनुभन्दा अगाडि पोखरा महानगरपालिका वडा नं. १३ आर्बा स्थित आदर्श मोहोरपानी टोल विकास संस्थाको भवनबाट विहान प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको थियो ।
स्थानीय टोल विकास संस्था, आमा समूह, युवा क्लब स्थानीय समाजसेवी, बुद्धिजिवीको सहभागितामा प्रभातफेरी निकालिएको विद्यालयका प्रधानाध्यापक डिल्लीराम बरालले बताए । कार्यक्रममा स्वास्थ्य मन्त्री पाठकले रेडक्रस जस्तो मानवीय तथा सामाजिक संस्थाले जुनियर तथा युवामा सकारात्मक सन्देश प्रदान गरी समाजसेवा तथा मानवसेवाप्रति समर्पित हुनका लागि यस्ता कार्यक्रम गर्नु सराहनीय भएको बताए ।
कार्यक्रममा पोखरा १३ का वडाध्यक्ष किरण बराल, एमाले कास्की सचिव दर्शन लामा, कांग्रेस कास्की सभापति किशोरदत्त बराल, शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्य, नेपाल रेडक्रस सोसाइटी कास्की सभापति डण्डराज शर्मा, नेरेसो गण्डकी महासचिव रामदत्त पौडेल, नेरेसो गण्डकी प्रदेशका सभापति सूर्यप्रसाद ढकाल, नेपाल शिक्षक महासंघ जिल्ला समिति कास्की अध्यक्ष भोलानाथ पौडेल, नेपाल रेडक्रस सोसाइटी केन्द्रीय ज्ुनियर युवा समिति सदस्य एवं गोरखा जिल्ला सभापति भीमसेनकाजी बानिया, नेरेसो गण्डकी प्रदेश जुनियर युवा समितिका संयोजक तीर्थराज तिवारी, विद्यालयका सल्लाहकार वसन्तराज बराल, कार्यक्रम संयोजक धर्मेस जयसवाल लगायतले बोलेका थिए ।
युवा रेडक्रस सर्कलका रतनपाण्डे मावि अध्यक्ष कृपा पराजुलीको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन नेपाल रेडक्रस सोसाइटी कास्कीका सदस्य रमेश भण्डारीले गरेका थिए । गोष्ठीले गत वर्ष लमजुङमा भएको गोष्ठीपछिका जुनियर युवाका गतिविधिमा भएगरेको वार्षिक समीक्षासहित आगामी १ वर्षका लागि गण्डकी प्रदेशभर गरिने जुनियर तथा युवा रेडक्रसका गतिविधिहरु, नीति तथा कार्यक्रममाथि छलफल गरी प्रस्तावसमेत पेश गर्ने अध्यक्ष भण्डारीले जानकारी दिए । कार्यक्रममा शिक्षक नायक राधादेवी बराल, विद्यालय व्यवस्थापन समिति अध्यक्ष शरदचन्द्र बरालले पनि बोलेका थिए ।
तपाईको प्रतिक्रिया