मनाङमा पर्यटकलाई सुरक्षा दिन प्रहरी परिचालन

समाधान संवाददाता, मनाङ
मुलुकभर पर्यटन वर्षको स्वागतको तयारी छ । यही क्रममा नेपालमा आउने पर्यटकलाई सुरक्षा दिन नेपाल प्रहरी सशक्त रुपमा अगाडि बढेको छ । मनाङ प्रहरीले पनि पर्यटक सुरक्षालाई प्राथमिकतामा राखेर विभिन्न रणनीति तय गर्दैै विशेष सुरक्षा योजना लागु गरिसकेको छ । मनाङका प्रहरी प्रमुख टीकाबहादुर कार्कीले पर्यटकका लागि सिजन सुरु भएको बताए ।
जिल्ला आउने पर्यटकको रोजाईमा तिलिचो ताल अग्रस्थानमा छ । उच्च स्थानमा रहेको मनोरम तिलिचो तालमा पुग्ने पर्यटकको संख्या बढ्दै गर्दा त्यहाँ पुग्ने पर्यटकको सुरक्षामा मनाङ प्रहरीले ध्यान दिएको कार्कीको भनाइ छ ।
पर्यटकको सुरक्षाका लागि प्रहरीले तिलिचो तालमा नै गस्ती सुरु गरेको छ । अन्नपूर्ण पदमार्ग अन्तर्गत पर्ने तिलिचोमा पुग्ने पर्यटकको सुरक्षाका लागि प्रहरी गस्ती सुरु गरिएको प्रहरी प्रमुख कार्कीले बताए । ‘यो हाम्रो दायित्व र जिम्मेवारी दुबै हो,’ डिएसपी कार्कीले भने । प्रहरी सहायक निरीक्षक मोहदत्त शर्माको कमाण्डमा प्रहरी टोली त्यहाँ पुगेको छ ।
कार्कीको कमान्डमा ५ हजार १ सय ६ मिटर उचाइमा रहेको लार्केपासमा गस्ती तथा ४ हजार १ सय ७५ मिटरमा रहेको नार्पाभूमी गाउँपालिका १ मा पर्ने नार गाउँमा पुगी गाउपालिका अध्यक्ष लगायत जनप्रतिनिधिसँग सुरक्षासम्बन्धी अन्तक्र्रिया भएको छ ।
मुस्ताङ, गोरखा र तनहुँबाट यहाँ आन्तरिक र वाह्य पर्यटक आउने गर्छन् । पर्यटकको सुरक्षा र सूचना दिने दुवै महत्वपूर्ण काम मनाङ प्रहरीले गर्नुपरेको डिएसपी कार्कीले बताए । अहिलेको सिजनमा मनाङमा दैनिक १ हजारभन्दा बढी पर्यटक भित्रिने गरेका छन् ।









पोखरा बहुमुखीमा नयाँ सञ्चालन समितिका पदाधिकारीलाईं बधाई
भीरकोट सामीप्य समाजले सञ्चालन गरेको मुनाकृष्ण पुरस्कारबाट ४ सम्मानित
पोखरामा ‘बुकहिल बुकाञ्जा’ विचार, साहित्य र संगीतको उत्सव
कास्कीमा नागरिकताभन्दा पासपोर्ट लिने बढी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया