लेखनाथमा बृहत् शैक्षिक प्रदर्शनी गरिने

लेखनाथ । पोखरा महानगरपालिका वडा नम्बर २७ को शिक्षा समितिले पोखरा र आसपासका विद्यालयहरूलाई समेटेर बृहत् हाजिरीजवाफ प्रतियोगिता र शैक्षिक प्रदर्शनी गर्ने भएको छ । विद्यालयहरूबीच शैक्षिक सहकार्य बढाउने र विद्यार्थीहरूको प्रतिभा प्रदर्शनको अवसर सिर्जना गरी शैक्षिक गतिविधि बढाउन सहज हुने उद्देश्यले आगामी फागुन २ र ३ गते मावि स्तरीय बृहत् हाजिरीजवाफ प्रतियोगिता र शैक्षिक प्रदर्शनी आयोजना गरिने भएको हो ।
हाजिरीजवाफ प्रतियोगिता र शैक्षिक प्रदर्शनीका बारेमा जानकारी दिने उद्देश्यले मङ्गलवार आयोजित छलफल कार्यक्रममा शिक्षा समितिका सदस्य तथा बृहत् शैक्षिक प्रदर्शनी प्रतियोगिताका संयोजक यामबहादुर रोकाले फागुन २ गते हाजिरीजवाफ प्रतियोगिता लक्ष्मी आदर्श माविमा हुने र शैक्षिक प्रदर्शनी फागुन ३ गते डायमण्ड माविमा हुने जानकारी गराएका थिए ।
दर्ता शुल्क निःशुल्क रहेको तथा पाठ्यक्रममा आधारित शैक्षिक प्रदर्शनीमा पोखरा आसपास र छिमेकी जिल्लाका करिब ५० भन्दा बढी विद्यालयका विद्यार्थीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ ।
यसैबीच कार्यक्रममा शिक्षा समितिका सदस्य शिवमणि भण्डारीले हाजिरीजवाफ प्रतियोगितामा प्रथम हुनेलाई १० हजार, द्वितीयलाई सात हजार, तृतीयलाई पाँच हजार र सान्त्वनालाई तीन हजार रुपैयाँ पुरस्कार प्रदान गरिने तथा शैक्षिक प्रदर्शनीतर्फ प्रथम हुनेलाई १५ हजार, द्वितीयलाई १० हजार, तृतीयलाई सात हजार र सान्त्वनालाई पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिने बताएका थिए ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले दुई दिने कार्यक्रमलाई सफल पार्न सबैलाई अनुरोध गरेका थिए भने कार्यक्रममार्फत विद्यार्थीहरूले विज्ञान र प्रविधि, वातावरण, कृषि, सामाजिक विज्ञान, भाषा र विज्ञानका बारेमा जानकारी पाउने विश्वास व्यक्त गरेका थिए । साथै वडाध्यक्ष गुरुङले वडाको लगानीमा लक्ष्मी आदर्श माविमा पाँच विधामा प्राविधिक शिक्षाको पढाइ सञ्चालन हुँदै आएको बताएका थिए ।









कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया