डिपेन्डेन्ट भिसामा युके लैजान्छु भन्दै ६ लाख ठगी
समाधान संवाददाता
२०८१ फागुन २ गते १५:४०

पाेखरा ।
फेसबुकमा नक्कली आईडी बनाएर डिपेन्डेन्ट भिसामा युके पठाउने आश्वासन दिएर ठगी गर्ने दुई जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार, काभ्रेपलाञ्चोकका दुई युवकले नेहा गुरुङ नामक फेक फेसबुक अकाउन्टमार्फत सम्पर्क गरी प्रलोभन देखाएर पीडितसँग ६ लाख १ हजार ९ सय ५५ रुपैयाँ ठगेको आरोप छ। उनीहरुलाई काठमाडौंको सोह्रखुट्टेबाट नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक, चौरी देउराली गाउँपालिका–७ का १९ वर्षीय मनिष भुजेल र भूम्लु गाउँपालिका–४ का २१ वर्षीय निशान पहारी छन्।
कास्की प्रहरीले उनीहरुविरुद्ध ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूरमा जिल्ला अदालत कास्कीबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको जनाएको छ।
सम्बन्धित









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया