हिसान गण्डकीको प्रदेशस्तरीय फुटसल जारी

पोखरा । उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा कलेज फुटसल प्रतियोगिता पोखरामा जारी छ । सोमबार भएको विद्यालय तर्फको खेलमा विजयी हुँदै सगरमाथा, कास्की मोडनाइज, गुरुकुल विद्या सदन र अरनिको बोर्डिङ स्कुल तनहुँ सेमिफाइनल प्रवेश गरेका छन् ।
सगरमाथा सेकेन्डरी स्कुलले बागलुङको चिल्डेन लाइभ इङलिस स्कुललाई ५–४ गोल अन्तरले हराउँदै सेमिफाइनल पुग्यो । निर्धारित समयमा दुबै तर्फबाट तीन÷तीन गोल भएपछि खेल ट्राइबे्रकरमा पुगेको थियो ।
अर्को खेलमा कास्की मोडनाइज एकेडेमीले टप्स बोडिङ स्कुललाई हराएको छ । निर्धारित समयमा एक/एक गोल भएपछि ट्राइबे्रकरबाट निर्णय भएको हो । ट्राइबे्रकरमा कास्की मोडनाइजले टप्सलाई ४–१ गोलले हरायो ।
गुरुकुल विद्यासदनले सूर्योदय इङलिस बोर्डिङ स्कुललाई ४–२ गोल अन्तरले हरायो । सोमबार नै भएको अर्को खेलमा अरनिको इङलिस बोर्डिङ स्कुल तनहुँले डाइमन्ड सेकेन्डरी स्कुललाई ३–० गोल अन्तरले हरायो ।
कलेजतर्फको फुटसलमा ला ग्रान्डी इन्टरनेसनल कलेजले माउन्ट अन्नसूर्ण क्याम्पसलाई ३–१ गोल अन्तरले हरायो सेमिफाइनल पुग्यो । अर्को खेलमा इन्फोम्टिक्स कलेजले पोखरा लिकंन इन्टरनेसनल कलेजलाई ३–० गोल अन्तरले हराउँदै अर्काे चरणमा पुगेको छ ।
पोखरा कलेज अफ म्यानेजम्यान्टले सोच कलेज अफ आइतीलाई ४–३ गोल अन्तरले हराउँदा इन्फोम्यक्स कलेज अफ आइटी एन्ड म्यानेजम्यान्टले लेकसिटी कलेज एन्ड रिसर्च सेन्टरलाई ४–३ गोल अन्तरले नै हराउदै सेमिफाइनलमा प्रवेश गरेका छन् ।
फागुन ७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका विजेताले नगद १ लाख र दोस्रो हुने टोलीले नगद ५० हजारसहति मेडल, ट्रफी र प्रमाणपत्र पाउने हिसान गण्डकी प्रदेश अध्यक्ष डा रामजी शर्माले जानकारी दिए ।
कलेज तर्फका विजेताले नगद २० हजार र दोस्रो हुने टिमले नगद १० हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगिताको व्यवस्थापन सबिन मेमोरियल फुटबल क्mलबले गर्दै आएको छ ।
तपाईको प्रतिक्रिया