विजय क्षेत्रीको अध्यक्षतामा कास्की जिल्ला किक बक्सिङ संघ गठन

समाधान संवाददाता २०७६ कार्तिक ५ गते १४:२७

समाधान संवाददाता
पोखरा

कास्कीमा खेलप्रेमी तथा मार्सल आर्ट खेलाडीको भेलाले विजय क्षेत्रीको अध्यक्षतामा कास्की जिल्ला किक बक्सिङ संघ गठन गरिएको छ । कास्कीमा मार्सल आर्ट खेलमध्ये किक बक्सिङ संघ पहिलो पटक आधिकारिक रुपमा दर्ता भएको कास्की खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले जानकारी दिए ।

नव गठित संघको उपाध्यक्ष राजेशबहादुर कार्की, सचिव विष्णु नेपाली, कोषाध्यक्ष मोहित नेपाली र सहसचिव मेनुका नेपाली छन् । सदस्यहरु जंगबहादुर हमाल ठकुरी, दिलीप परियार, सोहन गुरुङ, मसिना राई, छायाँ मानन्धर, चिरञ्जीवी पौडेल र विक्रम शाही ठकुरी छन् ।

Advertisement

संघका अध्यक्ष क्षेत्रीले कास्की जिल्लामा छरिएर रहेका किक बक्सिङ खेलाडीलाई एक ठाउँमा ल्याउने र उनीहरुलाई आगामी दिनमा थप प्रशिक्षणको व्यवस्था मिलाउन आफूले पहल थाल्ने बताए । उनले भने, ‘अहिले हामी एकदमै सुरुआती चरणमा छौं, धेरै देशमा खेलिने यो लोकप्रिय मार्सल आर्ट खेललाई कास्कीमा स्थापित गर्न प्रयास गर्नेछौं ।’

Advertisement

तपाईको प्रतिक्रिया