पारस खड्का र देश दुबैको कीर्तिमानी, नेपालले जित्यो १ दिवसीय सिरिज

समाधान संवाददाता
नेपालले घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) लाई ४ विकेटले पराजित गरेको छ । युएईले दिएको २ सय ५५ रनको लक्ष्य नेपालले ४४.४ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो ।
नेपालले कप्तान पारस खड्काको सतकको सहायतामा जीत आफ्नो पोल्टामा पार्न सफल भएको हो । कप्तान खड्काले उत्कृष्ट प्रदर्शन गर्दै शतक बनाए ।
दुबइस्थित आइसिसि क्रिकेट एकेडेमीको मैदानमा टस हारेर ब्याटिङ गरेको युएइले पूरै ५० ओभर खेल्दै ६ विकेट गुमाएर २ सय ५४ रन जोडेको थियो । नेपालका लागि भने ओपनर बिनोद भण्डारीले १७ बलमा ९ रन जोडेर मोहम्मेद नाविदको चौथो ओभरको तेस्रो बलमा आउट भए ।
अर्का ओपनर ज्ञानेन्द्र मल्लले ३५ बलमा ३१ रन बनाए । उनलाई इमरान हैदरले चौधौं विकेटको चौथो बलमा आउट गराए । खेलमा दिपेन्द्रसिंह ऐरीले १५ बलमा ६ रन, सन्दीप जोराले २० बलमा १९ रन, रोहित पौडेलले २५ बलमा १६ रन, सोम्पालले २५ बलमा २६ रन र आरिफ शेखले २४ बलमा २१ रनको योदान दिए ।
यससँगै तीन म्याचको सिरिज २–१ ले आफ्नो पक्षमा पारेको छ । नेपालले दोस्रो सिरिजमै उपाधि जितेर ऐतिहासिक सफलता हात पारेको हो ।







पारिवारिक कथामा ‘हर्ष’
नेफिनको गोष्ठी
सम्पादकीय—प्रवासीलाई मताधिकार
मुक्तिनाथ नजिकै बनाएको हाइअल्टिच्युड केन्द्र बेकामे
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया