चीनमा बौद्ध सम्मेलन

समाधान संवाददाता २०७६ कार्तिक ७ गते १४:०९

सेन्जन (चीन), समाधान संवाददाता

दक्षिण चीनको सेन्जनमा हालै बौद्ध सम्मेलन भएको छ । सम्मेलनमा नेपालसहित १८ देशका बौद्ध विद्वानहरुले भाग लिए । आपसमा एसियाली सभ्यता विकासको अनुभव र पाठ आदानप्रदान गर्ने सम्मेलनको मुख्य उद्देश्य थियो । सम्मेलनमा १४ देशका भन्ते (भिक्षु)हरुले आससी ज्ञान आदानप्रदान गरेका थिए ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त सम्मेलनका लागि सन्देश पठाएका थिए । सन्देशमा उनले नेपाल र चीन सांस्कृतिक, आर्थिक र राजनीतिक हिसाबले छिमेकी मित्र भएको उल्लेख गरेका छन् । बौद्ध गोलमेच सम्मेलनले विश्वका लागि र खासगरी दक्षिण एसियाका लागि बौद्ध प्राज्ञिक शोध र विकासमा नयाँ मार्ग पहिल्याउने विश्वास प्रम ओलीको छ ।

Advertisement

सहभागी विद्वानहरुले विश्व अहिले अस्थिरता र अनिश्चितताबाट गाँजिएको भन्दै बौद्धमार्गलाई चुस्त दुरुस्त राख्न सहकार्यको आवश्यकता औंल्याए । अखिल नेपाल भिक्षु संघका अध्यक्ष मैत्रीले चीनको भिक्षु संघसँग आपसी सहकार्य अत्यन्तै सुमधुर रहेको सुनाए । बौद्धमार्गले विश्व शान्तिका लागि अहम् भूमिका खेल्ने उनको विश्वास थियो ।

Advertisement

तपाईको प्रतिक्रिया