सहारा आधारभूत विद्यालय २९ वर्षमा

समाधान संवाददाता २०८१ फागुन १३ गते १२:२२

पोखरा ।
पोखरा ९ बसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयले २८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । सोमबार भएको समारोहमा पोखरा महनगपालिका वडा नं ९ को सहयोगमा स्थापना गरिएको प्राथमिक उपचार कक्षसमेत उद्घाटन गरियो ।


कार्यक्रमा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले विद्यालयलाई आवश्यक पर्ने प्रविधिमैत्री तथा अन्य सामाग्री सहयोग गर्ने वाचा गरे । उनले विद्यालय स्थान्तरण गर्नुपर्ने अवस्था आए पनि वडा नं ९ मै राख्न पहल गर्ने उनको भनाइ छ ।


प्रधानाध्यापक लोचना अधिकारीले विद्यालयमा भएका गतिविधिका साथै वार्षिक प्रतिवेदन प्रस्तुत गरिन् । कक्षा ८ की मेनुका तामाङले विद्यार्थीको तर्फबाट स्वागत मन्तव्य राखिन् ।

Advertisement


यहाँ २ सय ५२ विद्यार्थी छन् । कार्यक्रममा वडा कार्यालय ९, सहारा क्लब युके, विद्यालयका पूर्वअध्यक्ष दुर्गाबहादुर गुरुङ, डा प्रिया गुरुङ, धनकुमारी गुरुङ, अमर गुरुङ, सुदर्शन रञ्जित, चिल्ड्रेन नेपाल, रामजी तिवारी, अक्षयकोषदाता लेखनाथ चालिसे, राजु लालचन, शिक्षकद्वय शान्ति सुवेदी बराल र रुक्मिनी भट्टराईलाई प्रशंसापत्रसहित सम्मान गरिएको छ ।


समारोहमा शिक्षा विकास समन्वय इकाइ कास्की प्रमुख लोकनाथ आचार्यले अभिभावक, विद्यार्थी र विद्यालयबीच अन्तरक्रिया बढाउँदै शिक्षणको गुणस्तरमा ध्यान दिन आग्रह गरे । पोखरा ९ का वडाध्यक्ष दिपेन्द्र मर्सानीले प्राथमिक उपचार कक्षबाट विद्यार्थी, शिक्षक, कर्मचारी लगायतलाई सुविधा पुग्नेमा विश्वास व्यक्त गरे ।

Advertisement


विद्यालयका अध्यक्ष विक्रम थकालीको अध्यक्षतामा भएको कार्यक्रमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरणसमेत गरिएको थियो ।

कार्यक्रमाम शिक्षक सुदीप कोइराला पोखरा महानगरपालिका शिक्षा महाशाखाका शिक्षा अधिकृत जीवनप्रसाद रेग्मी, नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटा, सिविन नेपाल पोखराका कार्यक्रम संयोजक शंकर नेपाली, टोल विकास समन्वय समिति वडा नं ९ का अध्यक्ष उत्तम जोसी, कृष्णटोल आमा समूहकी अध्यक्ष रुपा केसी, सहारा क्लब पोखराका पूर्वअध्यक्ष वीरभद्र आचार्य, नेपाल राष्ट्रिय शिक्षक संगठन कास्की अध्यक्ष तीर्थराज ढकाल, वडा सदस्य नन्दराम गिरी लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया