माछापुच्छ्रे माविमा १ लाखको अक्षयकोष

पोखरा । माछापुच्छ्रे माध्यमिक विद्यालय माछापुच्छ्रे गाउँपालिका वडा नम्बर २, भुर्जुङखोलाको ५७ औं वार्षिकोत्सवको अवसरमा यहाँ एक लाखको अक्षयकोष स्थापना भएको छ । विद्यालयका संस्थापक ढाकामोहन आचार्यका छोरा उच्च अदालतका पूर्व न्यायाधीश विनोदमोहन आचार्य र उनको परिवारले अक्षयकोषको स्थापना गरेको हो ।
अक्षयकोष रकमको बयाजबाट बर्सेनि यस विद्यालयका कक्षा ९ र १० अध्ययन गर्ने १/१ छात्र वा छात्रालाई छात्रवृति वितरण गरिनेछ । अक्षयकोषदाता विनोदमोहनले विगतमा पनि विद्यार्थी सहयोग समिति सार्दिखोलामार्फत १ लाखको अक्षयकोष स्थापना गरेका थिए । त्यो अक्षयकोषबाट माछापुच्छ्रे वडा नम्बर १, २ र ३ का कक्षा ११ मा अब्बल विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने गरिएको छ ।
कार्यक्रममा अक्षयकोषदाता धनबहादुर गुरुङले पनि आफ्नो अक्षयकोषमा २० हजार थप गरे । ७८ वर्षीया दानशोभा गुरुङले वुवा सत्तलसिंह गुरुङको स्मृतिमा ५५ हजारको अक्षयकोष स्थापना गरिन् । समारोहमा शिक्षा विकास तथा समन्वय इकाइ कास्की प्रमुख लोकनाथ आचार्यले अक्षयकोषदाताहरुको थप रकमले कमजोर आर्थिक पृष्ठभूमि भएका बालबालिकालाई पनि शैक्षिक सामग्री तथा अन्य शैक्षिक आवश्यकता पूरा गर्दै विद्यालय शिक्षालाई निरन्तर दिन सहयोग पुग्ने उल्लेख गरे ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष बमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक सन्तोष आचार्य, वडा अध्यक्ष गणेश आचार्य, माछापुच्छ्रेका शिक्षा शाखाका विष्णुप्रसाद अधिकारी लगायतले बोलेका थिए ।









भद्रपुरमा बुद्ध एयरको जहाज दुर्घटना : को–पाइलटसहित ७ जना घाइते, ६ जना घर फर्किए
कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया