डेङ्गुका कारण चितवनमा एकको मृत्यु

समाधान संवाददाता २०७६ कार्तिक ७ गते १४:३५

रासस, काठमाडाैं

चितवनमा डेङ्गुका कारण एक महिलाकाे मृत्यु भएको छ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार लमजुङ दूधपोखरी–२ विचौर स्थायी घर भई नवलपुरको गैँडाकोट निवासी ३१ वर्षीया सरस्वती न्यौपानेको कात्तिक ४ गते बिहान उपचारको क्रममा मृत्यु भएको हो ।

Advertisement

यसअघि एक जनाको डेङ्गु र एक जनाको डेङ्गु एवं स्क्रवटाईफसबाट मृत्यु भएको थियो । हालसम्म जिल्लामा ज्वरो आएका १३ हजार ८७७ जनाको डेङ्गु परीक्षण गर्दा चार हजार २८० जनामा संक्रमण देखिएको छ ।

भदौको तेस्रो र अन्तिम साता महामारीको रुपमा देखा परेको डेङ्गु क्रमशः घट्दै गएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया