आर्थरवासीले पाउँदैन्न् वडाबाट जानकारी

समाधान संवाददाता २०७६ कार्तिक ७ गते १६:४६

रामकृष्ण लामिछाने
पर्वत

स्थानीय तहका योजना छनोट प्रक्रियामा व्यापक जनसहभागिता बढाउनुपर्ने नितिगत प्राबधान छ । जनताका चाहना बमोजिमका योजनालाई प्राथमिकता दिन स्थानीय सरकारको कर्तव्य हो । तर,पर्वत जिल्लाको आर्थर वडाले बिनियोजन भएको बजेटको बारेमा स्थानीयलाई जानकारी दिइएको छैन भने स्थानीयले वडा कार्यालयमै पुगेर जानकारी माग्दा समेत पाउँन सकेका छैनन् ।

यो कुस्मा नगरपालिका वडा नम्बर १४ आर्थरको वडा कार्यालय हो । यो वडामा ३ हजार ६ सय जनसंख्या बसोवास गर्छन् । प्राय कृषिमा निर्भर रहेका यहाँका जनताले स्थानीय सरकार पाएको ३ बर्ष बितिसकेको छ । वडाले सडक ,भवन निमार्ण, तालिम सञ्चालन जस्ता शिर्षकमा अहिले सम्म २ करोड ७० लाख खर्च गरेको छ । तर,कुन कुन शिर्षकमा कति खर्च भयो भन्ने बिषयमा स्थानीय अनबिज्ञ छन् ।

Advertisement

हरेक वडा सदस्यले आफ्नो क्षेत्रका सबै जनतालाई पहिले नै खबर गरी बिकासे योजनामा व्यापक जनसहभागिता जुटाउनु पर्ने हुन्छ । यो वडाले कुन कुन क्षेत्रमा के के काम ग¥यो भनने थाहा सम्म छैन् । योजना छनोट गरेर सम्पन्न भएका प्रमाणका आर्धिकारीक दस्ताबेजे समेत वडा कार्यालयमा भेटिनन् । ‘वडामा के कति बजेट आयो,कहाँ कहाँँ बिनियोजन भयो,जनतालाई थाहा छैन्,’स्थानीय रामकाजी गुरुङले भने । पटक पटक वडामा आएर कहाँ कहाँ लगानी भयो भनेर जानकारी माग्दा समेत वडाले जानकारी दिन नमानेको उनले बताए ।

वडाध्यक्ष भिमप्रसाद गुरुङले कुस्मा नगरपालिका नयाँ ठाउँमा सरेका कारण जानकारी दिन नसकेको बताए । उनले भने,‘हामीसँग जानकारी नआएकाले दिन सकेनौं । वडाले आज सम्म सार्वजनिक सुनुवाई पनि गरेको छैन् । भने ,वडाले स्थानीयलाई दिने सेवाका बारे प्रष्ट समेत पार्दैन् ।

Advertisement

तपाईको प्रतिक्रिया