प्रधानमन्त्री ओलीद्वारा राष्ट्रिय क्रिकेट टोलीलाई बधाई

काठमाडौँ, (रासस)
प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय एक दिवसीय शृङ्खला जितेकोमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले बधाई दिनुभएको छ ।
आज बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले नेपाली टोलीले प्राप्त गरेको सफलताले खेल जगतमा नेपाल उदीयमान शक्तिका रूपमा देखिएको उल्लेख गर्नुभएको छ । प्रधानमनत्री ओलीले खेलकुद क्षेत्रको विकासका लागि सरकारले थप ध्यान दिनेमा प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।
बधाई सन्देशमा प्रधानमन्त्रीले भन्नुभएको छ– “एक दिवसीय क्रिकेट शृङ्खला जित्दै नेपाललाई गौरवशाली सफलता दिलाएकोमा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई । अन्तर्राष्ट्रिय क्रिकेटमा प्राप्त यस सफलताले विश्व खेल जगतमा नेपाल उदीयमान शक्तिको रूपमा देखिएको छ, खेलकुद क्षेत्रको विकासका लागि सरकारले थप ध्यान दिने विश्वास दिलाउँछु ।”
नेपालले सोमबार यूएईमा जारी तीन खेलको शृङ्खला २–१ ले जित्दै ऐतिहासिक सफलता प्राप्त गरेको थियो ।









पोखरा बहुमुखीमा नयाँ सञ्चालन समितिका पदाधिकारीलाईं बधाई
भीरकोट सामीप्य समाजले सञ्चालन गरेको मुनाकृष्ण पुरस्कारबाट ४ सम्मानित
पोखरामा ‘बुकहिल बुकाञ्जा’ विचार, साहित्य र संगीतको उत्सव
कास्कीमा नागरिकताभन्दा पासपोर्ट लिने बढी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया