दमौली अस्पतालमा रेबिज भ्याक्सिनकाे अभाव

समाधान संवाददाता २०७६ कार्तिक १४ गते १२:४३

कृष्ण न्यौपाने
दमौली

जिल्ला सदरमुकामस्थित १ मात्र सरकारी अस्पतालमै रेबिज भ्याक्सिन अभाव भएको छ । दमौली अस्पतालमा विगत केही महिनादेखि रेबिज भ्याक्सिन अभाव भएको हो ।

सरकारी अस्पतालमा रेबिजविरुद्धको भ्याक्सिन निशुल्क उपलब्ध हुने भए कुकुरले टोकेका बिरामीले निजी अस्पतालमा महँगो शुल्क तिर्नुपर्ने बाध्यता छ । व्यास नगरपालिका १ हाइस्कुलटारका १ जनालाई मंगलबार कुकुरले टोकेपछि दमौली अस्पताल पु¥याउँदा रेबिज भ्याक्सिन नभएको भन्दै दमौली अस्पतालका स्वास्थ्यकर्मीले निजीमा सिफारिस गरिदिएको स्थानीय सनम तामाङले बताए ।

Advertisement

‘साथीलाई कुकुरले टोकेपछि दमौली अस्पतालमा रेबिजविरुद्ध सुई लगाउन लगेको थिएँ,’ तामाङले भने, ‘स्वास्थ्यकर्मीले अस्पतालमा भ्याक्सिन छैन भनेर निजी अस्पताल सिफारिस गरिदिए ।’ सरकारी अस्पतालमै रेबिजविरुद्धको भ्याक्सिन नहुँदा सर्वसाधारणले महँगो शुल्क तिरेर निजीबाट उपचार गराउनुपर्ने बाध्यता तामाङले गुनासो गरे ।

दमौली अस्पतालमा दैनिक ५÷१० जना बिरामी रेबिजविरुद्धको भ्याक्सिन लगाउन आउने गरेका छन् । निजी स्वास्थ्य संस्थाले रेबिजविरुद्धको भ्याक्सिनको ५ सयदेखि ६ सयसम्म लिने गरेका छन् । कुकुरले टोकेका घाइतेलाई चिकित्सकको सल्लाहमा आवश्यकता अनुसार ४ देखि ५ वटा भाइल एन्टि रेबिज भ्याक्सिन लगाउनुपर्ने हुन्छ ।

Advertisement

दमौली अस्पताल व्यवस्थापन समिति अध्यक्ष प्रदीपराज अधिकारीले अस्पतालमा रेबिज भ्याक्सिन अभाव भए पनि कहिलेदेखि अभाव भयो भन्ने बारेमा आफूलाई जानकारी नरहेको बताउँदै अस्पतालका मेडिकल सुपरिटेन्डेट डा. सुनील पौडेललाई सम्पर्क गर्न आग्रह गरे । यसबारे प्रतिक्रिया लिन मेडिकल सुपरिटेन्डेट डा. पौडेललाई पटक पटक फोन सम्पर्क गर्दा पनि उनको फोन उठेन ।

तपाईको प्रतिक्रिया