क्रिकेट प्रतियोगितामा लेखनाथले लेकसाइडलाई हरायो

पोखरा ।
पोखरा महानगरपालिका दोस्रो अन्तर क्लब पुरुष टि–२० क्रिकेट प्रतियोगिता २०८१ अन्तर्गत बुधबार भएको खेलमा लेखनाथ क्रिकेट क्लब विजयी भएको छ । लेखनाथले लेकसाइड क्रिकेट क्लबलाई २८ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।
लेकसाइड क्रिकेट क्लबले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको लेखनाथ क्रिकेट क्लबले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । लेखनाथका लागि सचिन पौडेलले २३ बलमा सर्वाधिक ३४ रन र साहिल पौडेलले १६ बलमा २६ रनको योगदान दिए ।
लेकसाइडका रवि गुरुङ र केशव सुनारले समान २ विकेट लिए पनि लेखनाथलाई दवाबमा राख्न असफल भए । १ सय ६५ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको लेकसाइड निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३६ रनमा सीमित भएपछि पराजय बेहोर्यो ।
लेकसाइडका लागि निजामुद्दिन शेखले ४० बलमा ३२ रन र चन्दन पेलाले २४ बलमा २३ रनको योगदान दिएपनि हार टार्न सकेनन् । लेकसाइडलाई सस्तैमा समेट्न लेखनाथका दीपक बराल र विशाल पौडेलले समान २ विकेट लिए । बुधबारको खेलमा विजयी टिम लेखनाथका दीपक बराल म्यान अफ दी म्याच घोषित भए ।
प्रतियोगिता अन्तर्गत बिहीबारको पहिलो खेल गण्डकी क्रिकेट क्लब र कास्की क्रिकेट क्लब तथा दोस्रो खेल राइजिङ क्रिकेट क्लब र सांग्रिला क्रिकेट क्लबबीच हुने आयोजक पोखरा महानगरपालिका क्रिकेट संघका अध्यक्ष वीरेन्द्र पुनले जानकारी दिए ।









कांग्रेस विवाद समाधानका लागि वार्ता समिति गठन, आज बिहान ९ बजेसम्म बन्दसत्र स्थगित
मिस्टर एन्ड मिस विश्वकर्मा गण्डकीको उपाधि निश्चल र स्वेच्छालाई
निर्वाचन आउन ५१ दिन बाँकी, समानुपातिकका ८५ उम्मेदवारले नाम फिर्ता लिए
१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया